Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ खानेपानी संस्थाका प्रमुखलाई उपभोक्ताद्धारा ख्यार ख्यारती
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

खानेपानी संस्थाका प्रमुखलाई उपभोक्ताद्धारा ख्यार ख्यारती

संसारपोस्ट संवाददाता · ३१ असार २०७६ · 0
खानेपानी संस्थाका प्रमुखलाई उपभोक्ताद्धारा ख्यार ख्यारती
60
SHARES
ShareTweet


बुटवल, ३१ असार
बुटवल उपमहानगरपालिका वडा नं. ८ का स्थानिय बासिन्दाहरुले मंगलबार खानेपानी संस्था बुटवलका कार्यालय प्रमुखलाई ख्यार ख्यारती बनाएका छन ।
उनीहरुले सुख्खानगर क्षेत्रमा नियमित रुपमा खानेपानी आउन छाडेकोे र आएपनि धमिलो पानी आउने गरेको गुनासो सहित खानेपानी संस्था बुटवलको कार्यालयमा पुगेर कार्यालय प्रमुख संग आक्रोशित भएका थिए ।
स्थानियहरुले सुख्खानगरमा दिनुपर्ने पानी कर्मचारी र जनप्रतिनिधीको आदेशमा अन्य वडालाई दिएको भन्दै संस्थानका कार्यालय प्रमुख ईन्जिनियर बुद्धरत्न मर्हजनलाई केही समय घेराउ समेत गरेका थिए ।
सुख्खानगरका स्थानिय बासीहरुले तत्काल खानेपानीको समस्या समधान नभए खानेपानी पाईपनै निकाल्दिने चेतावनी समेत दिएका छन् ।
वडाका प्रत्याशि अध्यक्ष राधेश्यामराज भण्डारीले हिउदको समयमा भन्दा पनि बढि खानेपानी समस्या अहिले भएको बताउनु भयो ।

बुटवल–८ मा २ हजार ५ सय घरधुरी छन् ।
सुख्खानगरमा लामो समयदेखि खानेपानीको समस्या रहेको छ । सुख्खानगर संगै जोडिएको दिपनगरमा भने खानेपानी दैनिक रुपमा आएको भन्दै स्थानियहरुले सवैको मिलेमोतोमा वडा नं. ८ लाई खानेपानी नदिएको गुनासो गरेका थिए ।
एक महिना अघि बुटवलको सडक डिभिजन परिसरमा उपमहानगरपालिकाकै पहलमा बोरिङ गाडिएको थियो । बोरिङ गाडेपछि आएको पानीले सुख्खानगरमा खानेपानीको समस्या टर्ने विश्वास गरेका जनताले सो पानी दिपनगरमा लगेपछि थप आक्रोशित बनेका हुन ।
खानेपानी संस्थाका कार्यालयका प्रमुख ईन्जिनियर बुद्धरत्न महर्जनले बुटवलका अझै एक दुई स्थानमा बोरिङ गाडेर समस्याको समधान गर्ने आश्वासन दिनु भयो ।

≪ Previous Post

प्रदेश पाँचमा ४० वटा विधेयक पारित ६वटा छलफलमा

Next Post ≫

आज साउने संक्रान्ति पर्व लुतो फाल्ने दिन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क