Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको स्थापना दिवशमा रचनात्मक कार्य
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको स्थापना दिवशमा रचनात्मक कार्य

संसारपोस्ट संवाददाता · १५ असार २०७७ · 0
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको स्थापना दिवशमा रचनात्मक कार्य
100
SHARES
ShareTweet


बुटवल १५ असार
२२ औं स्थापना दिवशको अवसरमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले रचनात्मक कार्य गरेको छ ।
संघले सोमवार कोभिड १९ वाट रेड जोनमा परेको होटल व्यवसायमा लागेका व्यवसायीहरु मध्ये केही अती पीडित व्यवसायीलाई स्थापना दिवशको अवसरमा राहात स्वरुप जनही ५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको छ ।
त्यस्तै संघका पुर्व उपाध्यक्ष लिलाधर वस्याललाई औषधी उपचार खर्चमा राहात हुने गरि नगद ५ हजार प्रदान गरेको छ ।
वस्याल विगत लामो समयदेखि प्यारालाईस रोगवाट पीडित रहनु भएको छ ।
विगत वर्षहरुमा स्थापना दिवश साता व्यापी रुपमा मनाउदै आएको संघले यस वर्ष कोभिड १९ को महामारीले गर्दा कार्यक्रमलाई सीमित गरि केही रचनात्मक कार्य गरेको अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।
उहाँले कोभिड १९ को कारण विगत ३ महिना देखि सरकारले बन्द गराएको होटल व्यवसायले भोग्नु परेको समस्याको सवालमा सरकार जिम्मेवार हुनमाग गर्नु भयो ।
सरकारले लिने शुल्कहरुलाई मिनाहा गर्न र घर वहाललाई न्यूनतम ५० प्रतिशत मात्र लिने व्यवस्था मिलाई दिन समेत अध्यक्ष जिसीले सरकारको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा होटल व्यवसायी महासंघ प्रदेश ५ का वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठले मुलुकभरका ८० हजार होटल व्यवसायी र ४ लाख कर्मचारी मजदुर कोभिड १९ का कारण समस्यामा परेको र सरकारले नै रेड जोनमा राखी व्यवसाय बन्द गराएकोले व्यवसायीलाई राहातका कार्यक्रम सरकारले ल्याउन माग गर्नु भयो । उहाँले राज्यले पर्यटन व्यवसायीलाई सौतेलो व्यवहार गरेको भन्दै अन्य व्यवसाय संचालन गर्न दिने होटल व्यवसायलाई नदिने गरेकोले समस्या विकराल बन्दै गएको धारणा राख्नु भयो ।
होटल व्यवसायी महासंघ नेपालका सल्लाहकार देवि कुमार श्रेष्ठले कोभिड १९ले पारेको समस्याका सवालमा महासंघले घोषणा गरेको कार्यक्रकलाई जिल्ला र प्रदेशले आत्मसाथ गरि अगाडी बढन आग्रह गर्नु भयो ।
कार्यक्रममा होटल व्यवसायी महासंघ प्रदेश ५ का सदस्य राम प्रसाद गौतम, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, प्रथम उपाध्यक्ष वाबुराम गौतम द्धितीय उपाध्यक्ष रोमकान्त पाण्डे सल्लाहकार वाबुराम श्रेष्ठ महासचिव माधव कुमार खनाल लगायतले लकडाउनको समयमा विद्युत प्राधिकरणले साविकको आधारमा विद्युतमा डिमाण्ड शुल्क लिएकोले त्यसलाई सच्चाउन माग गर्नु भयो ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमामा चार विगाहामा रोपाइँ गरेर मनाइयो धान दिवस

Next Post ≫

आज मिति २०७७ आषाढ १६ गते मंगलवार तदनुसार 30 june 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क