Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीमा वालवालिकाका लागि रोटाखोप सञ्चालन गरिदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा वालवालिकाका लागि रोटाखोप सञ्चालन गरिदै

संसारपोस्ट संवाददाता · ८ असार २०७७ · 0
रुपन्देहीमा वालवालिकाका लागि रोटाखोप सञ्चालन गरिदै
60
SHARES
ShareTweet

साउन १० गते देखि जिल्लाका सबै स्थानीय तहमा रोटा खोप

श्यामलाल पोखरेल

बुटवल, ८ असार । स्वास्थ्य कार्यालय रुपन्देहीले झाडा पखालाका बिरुद्व रुपन्देहीमा रोटा खोप सञ्चालन गर्ने भएको छ । वालवालिकालाई हुने जोखिम प्रकारको झाडापखाला रोक्नका लागि नियमित रुपमा रोटा खोप लगाउने अन्तिम तयारी गरिएको हो । आगामी साउन १० गतेदेखि रुपन्देहीमा रोटा खोप सञ्चालन गर्नेगरी स्वास्थ्य कार्यालयले तयारी पुरा गरेको छ ।
रुपन्देहीका सबै स्थानीय तहका स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई रोटा खोपबारे स्वास्थ्य कार्यालयले प्रशिक्षण दिएको छ । जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई स्वास्थ्य कार्यालयले चौथो चरणको स्वास्थ्य प्रशिक्षण दिएको हो । उनीहरुका लागि रोटा केहो र खोप कसरी लगाउने भन्नेबारे पहिलो चरणको अन्तिम प्रशिक्षण दिइएको छ । आगामी साउन १० गतदेखि जिल्लाका सबै स्थानीय तहमा रोटा खोप सञ्चालनका लागि स्वास्थ्य कर्मीहरुलाई आइतबार अन्तिम खभिमुखिकरण तालिम दिइएको हो ।
सोही कार्यक्रममा बोल्दै प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले नागरिकलाई छिटो छरितो सेवा दिन स्वास्थ्यकर्मीहरुलाई कार्यशैली र कार्यसम्पादनमा परिवर्तन ल्याउन सुझाव दिनुभयो । उहांले स्वास्थ्य निजामति जस्तै भएको र निजामति न्यायालय जस्तो भएकाले जनताले उचित स्वास्थ्य सेवा नपाएको बताउनु भयो । मन्त्री बरालले नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको बताउंदै झाडापखाला तथा विभिन्न प्रकारका रोग नियन्त्रणका लागि रोटा खोप सहज रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो ।
स्वास्थ्य निर्देशनालय प्रदेश पाँचका निर्देशक डाक्टर विनोदकुमार गिरीले प्रदेशका १२ वटै जिल्लामा रोटा खोप सञ्चालन गरिने जानकारी गराउनु भयो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणसंगै बालवालिकालाई स्वस्थ बनाउनका लागि रोटा खोपलाई नियमित संचालन गरिने बताउनुभयो ।
प्रदेश पाँच स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेश चापागाईले सरकारले रोटा खोप उपलब्ध गराई सकेकाले प्रदेशका सबै जिल्लामा सहज रुपमा सञ्चालन गरिने बताउनु भयो । स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा खोप अधिकृत भेषराज शर्माले झडापखालाबाट मृत्यु हुने वालवालिकाको मृत्युदर रोक्नका लागि रुपन्देहीमा रोटा खोप सञ्चालन गर्न लागिएको बताउनु भयो । उहांले वालवालिका जन्मेको ६ हप्तामा पहिलो पटक र १० हप्तामा दोस्रो पटक रोटा खोप लगाउनु पर्ने जानकारी गराउनु भयो । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्रकुमार गिरीको अध्यक्षता र टिकाराम अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । यस अघिसम्म वालवालिकाका लागि बिसीजी, डिपिटी, हेपाटाइटिस बी, हेमफिलस इन्फुलुन्जा, टाइप बी, एफ आइपीभी, पोलियो, पिसीभी दादुरा, जापनीज इन्सेफ्लाइटिस लगायत ११ वटा रोगका बिरुद्द दुइ वर्ष मुनिका बालबालिकालाइ नियमित खोप दिने गरिएको थियो । स्वास्थ्य कार्यालय रुपन्देहीले १२ औ खोपको रुपमा रोटा खोपसंगै सरसफाई कार्यक्रमलाई प्राथमिकता दिने भएको छ । रोटा खोप शुरु भएपछि नियमित खोप सञ्चालन गरिने सूचना अधिकारी भेषराज शर्माले जानकारी गराउनु भयो ।

≪ Previous Post

आज मिति २०७७ आषाढ ८ गते सोमवार तदनुसार 22 june 2020

Next Post ≫

सिंह कम्प्लेक्स बुटवलका व्यबसायीलाई एक महिनाको भाँडा छुट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क