Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन पौष्टिक आहार वितरण शुरु
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन पौष्टिक आहार वितरण शुरु

संसारपोस्ट संवाददाता · ३० असार २०७६ · 0
गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन पौष्टिक आहार वितरण शुरु
110
SHARES
ShareTweet

बुटवल ३० असार
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन गर्भवती महिला तथा बालबालिकालाई पौष्टिक आहार वितरण शुरु गरिएको छ ।
नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले सोमबार वडा नं. ४ को सीमानगरबाट पौष्टिक आहार वितरण गर्नुभएको हो । प्रारम्भिक चरणमा वडा नं. ३ र ४ का २४० जना गर्भवती महिला तथा दुई वर्षमुनिका बालबालिकालाई पौष्टिक आहार प्रदान गरिने स्वास्थ्य शाखा ईञ्चार्ज काशिनाथ बञ्जाडेले जानकारी दिनुभयो ।
आगामी दिनमा ‘उप–प्रमुखसँग गर्भवती महिला’ कार्यक्रममार्फत् पौष्टिक आहार वितरण कार्यक्रमलाई सबै वडामा कार्यान्वयन गरिने स्वास्थ्य शाखाले जनाएको छ । सामुदायिक विद्यालयमा दिवा खाजा चलाएको नगरपालिकाले सुनौलो हजार दिनका महिला तथा बालबालिकालाई पौष्टिक आहार दिएको हो । पोषण आहारमा एक क्यारेट अण्डा, एक लिटर खानेतेल, आयोडिनयुक्त नुन, साबुन, सर्वोत्तमपिठो, बालभिटा लगायत छन् । दुई वर्षभित्र बालबालिकाको झण्डै ८० प्रतिशत मानसिक विकास हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
पोषण आहार वितरण शुभारम्भ गर्दै नगर प्रमुख घिमिरेले गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन चेतना अभिवृद्धिका लागि यसप्रकारको अभियान सुरु गरिएको बताउनुभयो । यो अभियानले बालबालिकाको नियमित स्वास्थ्य चेकजाँच गर्ने बानीको समेत विकास गराउने उहाँको विश्वास छ ।
यस्तै उप–प्रमुख जागेश्वरी चौधरीले गर्भवती महिला र बालबालिकाको पोषणले जीवनको समग्र स्वास्थ्य अवस्था निर्धारण गर्ने भएकाले नगरपालिकाले यो विषयलाई महत्व दिएको जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई तिलोत्तमा नगरपालिकाले थप प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको बताउँदै उहाँले अबका दिनमा पौष्टिक आहार वितरणलाई पनि निरन्तरता दिइने बताउनुभयो ।
मूलतः विपन्न तथा मजदुरी गर्दै आएका गर्भवती तथा सुत्केरी महिलाहरुलाई लक्षित गरेर सीमानगरबाट पौष्टिक आहार वितरण अभियान शुरु गरिएको हो । अभियानलाई शहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुमार्फत सञ्चालन गरिने छ । वडा नं. ४ का वडाध्यक्ष दिवाकर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष टंक टिवारी, स्वास्थ्य शाखाका गणेश गौतमलगायतले बोल्नुभएको थियो ।

≪ Previous Post

समुन्नत प्रदेश निर्माणकालागि स्वरोजगार सृजना ः मन्त्री केसी

Next Post ≫

शैक्षिक उपलब्धीका लागि समय ,समाज र प्रकृतिलाई ध्यानमा राखेर पाठयक्रम बनाउन माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क