Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ शैक्षिक उपलब्धीका लागि समय ,समाज र प्रकृतिलाई ध्यानमा राखेर पाठयक्रम बनाउन माग
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शैक्षिक उपलब्धीका लागि समय ,समाज र प्रकृतिलाई ध्यानमा राखेर पाठयक्रम बनाउन माग

संसारपोस्ट संवाददाता · ३० असार २०७६ · 0
शैक्षिक उपलब्धीका लागि समय ,समाज र प्रकृतिलाई  ध्यानमा राखेर पाठयक्रम बनाउन माग
130
SHARES
ShareTweet


यमलाल भुसाल
बुटवल, ३० असार
शैक्षिक उपलब्धीका लागि समय ,समाज र प्रकृतिलाई ध्यानमा राखेर पाठयक्रम बनाउनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिनु भएको छ ।
शिक्षामा राष्ट्रियताको भावना जागृत हुने किसिमले शैक्षिक पाठयक्रम बनाएर व्यवहारमा लागु नहुदाँसम्म राज्यले अगाडी सारेको शैक्षिक उपलब्धी हासिल गर्न नसकिेने पनि वक्ताहरुले औल्याएका छन ।
शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्धारा सोमवार बुटवलमा आयोजना गरिएको शैक्षिक छलफल कार्यक्रममा वोल्ने वक्ताहरुले साधन स्रोतको अभावमा शैक्षिक उपलब्धी मात्र खोज्नु गलत हुने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक टेक नारायण पाण्डेले राज्यले गरेको लगानीमा शैक्षिक उपलब्धी ५० प्रतिशत पनि पुरा हुन नसक्नुमा दोष कसको हो भन्ने वारे अनुसन्धान गर्न जरुरी रहेको औल्याउनु भयो ।
कूल जनसंख्याको २० प्रतिशत विद्यालय जाने उम्मेरका युवा युवती रहेकोमा त्यसमा पनि साढे ३ प्रतिशत वालवालिका विद्यालय बाहिर रहेको उहाँले बताउनु भयो ।
विद्यालय र विद्यार्थीका वार्षिक अपेक्षा तय गर्नु पर्ने, विद्यार्थीको मनोभावना अनुसार उसलाई शिक्षा प्रदान गर्नु पर्ने र समुदाय र विद्यालय वीच समन्वय जरुरी रहेको महानिर्देशक पाण्डेले औल्याउनु भयो ।
महानिर्देशक पाण्डेले हामीले प्रदान गरिरहेको शिक्षा कामयाव भए नभएको विश्लेषण गरि उत्पादन मुलक शिक्षा बनाउन जरुरी रहेको बताउदै जवसम्म उत्पादन मुलक शिक्षा प्रदान गरिदैन तबसम्म शैक्षिक वेरोजगारीको अन्त्य हुन नसकने दावि गर्नु भयो ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रका श्याम आचार्यले विद्यालय स्तरको शिक्षामा गरिएको लगानीको प्रतिफल सन्तोष जनक नभएको बताउदै केवल २८ प्रतिशतले मात्र शैक्षिक उपलब्धी पुरा गरेको तथ्याङक प्रस्तुत गर्नु भयो ।
जुन घरपरिवारका आमा पढेलेखेका छन तिनै परिवारका वालवालिकाले मात्र शैक्षिक उपलब्धी हासिल गरेको पनि उहाँले औल्याउनु भयो ।
शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर पाँचका निर्देशक मनोज कुमार गैरेले शैक्षिक उपलब्धीका लागि कार्य सम्पादन र सिकाई उपलब्धीलाई समन्वय गरि अगाडी बढनु पर्नेमा जोड दिनु भयो ।
उहाँले गुण स्तरिय शिक्षाका लागि स्थानिय र प्रदेश सरकारले साधन स्रोत्तमा ध्यान दिन आग्रह गर्नु भयो ।
शिक्षा विकास तथा समन्वय ईकायी रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालले शैक्षिक क्षेत्रमा रहेकाहरुलाई समय अनुसार प्रशिक्षित गर्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले शैक्षिक गुणस्तर परीक्षण केन्द्रले अगाडी सारेका कार्य योजनालाई व्यवहारमा कार्यान्वय गर्न सकेमा शैक्षिक उपलब्धता हासिल गर्न टेवा पुग्ने धारणा राख्नु भयो ।

≪ Previous Post

गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन पौष्टिक आहार वितरण शुरु

Next Post ≫

ट्रयाकिङ् प्रणाली तत्काललाई अव्यवाहारिक भएकोले खारेज गर ः सञ्जाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क