Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ समुन्नत प्रदेश निर्माणकालागि स्वरोजगार सृजना ः मन्त्री केसी
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समुन्नत प्रदेश निर्माणकालागि स्वरोजगार सृजना ः मन्त्री केसी

संसारपोस्ट संवाददाता · ३० असार २०७६ · 0
समुन्नत प्रदेश निर्माणकालागि स्वरोजगार सृजना ः मन्त्री केसी
80
SHARES
ShareTweet


बुटवल, ३० असार । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले समृद्ध र समुन्नत प्रदेश निर्माणकालागि स्वरोजगार सृजना गरी प्रदेशका जनतालाइ आत्मनिर्भर बनाउने योजनामा सरकार अगाडी बढेको बताउनुभएको छ ।
नेशनल ब्युटिसियन ट्रेनिङ्ग ईन्स्टिच्युट प्रालिले बुटवलमा संचालन गरेको व्युटिसियन तह १ र २ तालिममा सहभागिहरुलाई आईतबार प्रमाणपत्र बितरण गर्दै मन्त्री केसीले सीपयुक्त नागरिक उत्पादनको लागि प्रदेश सरकार योजनाबद्ध ढंगबाट अगाडी बढेको बताउनुभएको हो । नागरिकलाई आत्मनिर्भर र स्वरोजगार बनाउनका लागि सीपयुक्त तालिमहरु सञ्चालनमा सिटिइभिटिइ तथा सम्बद्ध निजी संस्थाहरुसंग पनि सहकार्य गरेर अगाडी बढ्ने उहांले बताउनुभयो । समुन्नत प्रदेश निर्माणकालागि ५० लाखलाइ स्वरोजगार बनाएर प्रदेशका जनतालाइ आत्मनिर्भर बनाइने मन्त्री केसीले बताउनुभयो ।
सिटिईभिटि प्रदेश ५ का प्रमुख अर्विन्द कुमार चौधरीले सिटिईभिटिले सीपयुक्त नागरिक उत्पादन गरिरहेको बताउनुभयो । प्रदेश ५ मा ८ वटा आंगिक क्याम्पस रहेको जानकारी दिदैं चौधरीले बजारको माग र आवश्यकता अनुरुप समय सापेक्ष तालिमका कक्षाहरु संचालन गरिने बताउनुभयो । नेशनल ब्युटिसियन ट्रेनिङ्ग ईन्स्टिच्युटका अध्यक्ष शान्ता शर्माले अहिलेसम्म यो इन्ष्टिच्युटले ४ सय जना भन्दा धेरैलाइ सिपयुक्त तालिम प्रदान गरी उनीहरुलाई स्वरोजगार मुलक काममा लाग्न उत्प्रेरणा प्रदान गरेको बताउनुभयो । संस्थाका संचालक बिष्णु थापाको स्वागत तथा पत्रकार कल्पना तिवारीको संचालनमा भएको कार्यक्रममा व्युटिसियन तह १ र २ का गरी ४० जना सहभागिलाइ तालिमको प्रमाणपत्र प्रदान गरिएको थियो ।

≪ Previous Post

नेपाली काँग्रेसको नियमावली पारित, परिमार्जन गर्ने शर्त

Next Post ≫

गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन पौष्टिक आहार वितरण शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क