Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अन्तर्वार्ता ≫ कोरोना नियन्त्रणका लागि सिकौ सैनामैना नगरपालिकाको कार्यशैली, नेपालमै नमुना हुन सक्ने
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कोरोना नियन्त्रणका लागि सिकौ सैनामैना नगरपालिकाको कार्यशैली, नेपालमै नमुना हुन सक्ने

संसारपोस्ट संवाददाता · २१ बैशाख २०७७ · 0
कोरोना नियन्त्रणका लागि सिकौ सैनामैना नगरपालिकाको कार्यशैली, नेपालमै नमुना हुन सक्ने
110
SHARES
ShareTweet

नयाँशैली नगरमा खाद्यान व्यवस्थापन उबासंघ, तरकारीको व्यापार संघ

यमलाल भुसाल
बुटवल २१ बैशाख
ज्वरो आएका विरामीलाई अस्पतालहरुले भर्ना पनि नलिने गरेका खवर सार्वजनिक भैरहेको वर्तमान अवस्थामा सैनामैना नगरपालिकाले कोरोना भाईरसका कारण महामारी फैलिरेहको समयमा पनि क्वारेन्टाईनमा रहेकालाई सम्मान पुर्वक खाना दिने र हाँसेर वोल्नु पर्ने नियम कडाईका साथ लागु गरेको छ ।
जसले गर्दा कोरोनाको आशंकामा क्वारेन्टाईनमा रहेकाहरुको मनोवल उच्च हुने र रोग प्रतिरक्षात्मक क्षमतामा प्रोत्साहन हुने हुनाले समान्न र हाँसोलाई प्राथकिता दिएको नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । नगरपालिकाले नगरमा नमुनै नमुना कामगरेको छ यसको, सिको गर्न अन्य स्थानियतहलाई मार्ग निर्देशन समेत हुने विश्वास लिईएको छ ।
त्यतिमात्र होईन सेनामैनामा रहेको क्वारेन्टाईनमा कार्यरत चिकित्सक र कर्मचारीले क्वारेन्टाईनमा रहेका विरामीलाई अनिवार्य रुपमा दिनमा ३ पटक वोलाउनु पर्ने र २ पटक कोठा वाहिर ल्याएर हसाँउनु पर्ने नियम बनाएर व्यवहारमा लागु गरेको छ । नगरपालिकाले नेपालमै नमुना कार्य गरेको अनुभव नगरप्रमुख कार्कीले सुनाउनु भएको छ ।
उहाँले नगर क्षेत्रका दीर्घ रोगीलाई लकडाउन अवधीभर निशुल्क औषधी उपचार ,नगर क्षेत्रमा रहेका खाद्यान पसललाई सैनामैना उद्योग वाणिज्य संघले खाद्यानको व्यवस्था मिलाउनु पर्ने र सैनामैना उद्योग व्यापार संघले नगरमा चाहिने तरकारीको व्यवस्थापन गर्नु पर्ने तथा नगर क्षेत्रमा उत्पादित तरकारीको वजार व्यवस्थापन पनि व्यापार संघले गर्ने गरि नगरपालिकाले नियम वनाएर कार्यान्वयन गरेको नगर प्रमुख कार्कीले बताउनु भयो ।
त्यस्तै नगरपालिकाले नगर क्षेत्रमा संकलन हुने दुधलाई सालझण्डीमा रहेको दुग्ध उत्पादक सहकारी संस्थामार्फत हरेक ३ दिनमा ४६ हजार लिटर दुध नगरमा नगरपालिकाको पहलमा निशुल्क वितरण गरिएको छ ।
सहकारीले अनिवार्य रुपमा किसानको दुध खरिद गर्नु पर्ने विक्री नभएको दुध नगरवासिलाई निशुल्क वितरण गर्ने गरि नियम वनाएको र सहकारीलाई हुने घाटा पुरानो नाफाँबाट लकडाउन अबधीलाई व्यवस्थापन गर्ने वातावरण नगरपालिकाले मिलाएको र केही राहत हुने गरि नगरपालिकाबाट पछि सहयोग गर्ने योजना बनाएको पनि नगर प्रमुख कार्कीले बताउनु भयो ।
त्यस्तै गरि नगर क्षेत्रका वासिन्दा सीमावर्ती क्षेत्रमा अलपत्र परेको पाईएमा नगरपालिकाको एम्वुलेन्स पठाई उद्धार गर्ने र नगरपालिकाले सचालन गरेको क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाएको छ ।
हालसम्म नगरपालिकाले संचालन गरेको क्वारेटाईनमा ५७ जना राखिएकोमा ५१ जनाको रिर्पोट नेगेटिव आएकाले घर पठाईएको र वाँकी ६ जनाको रिर्पोट आउन वाँकी रहेकाले क्वारेन्टाईनमै रहेका छन ।
नगर क्षेत्रमा रहेका मेडिकल पसललाई अनिवार्य खुल्ला राख्नु पर्ने नराखे नगरपालिकाले सदाकालागि बन्द गरिदिने र अनिवार्य विरामीलाई औषधी गर्नु पर्ने गरि कडाई गरिएको छ ।
नगरमा रहेका ३ वटा स्वास्थ्य चौकी र एउटा क्वारेन्टाईनमा गरि नगरपालिकाका २ वटा र नीजी क्षेत्रवाट भाडामा लिएर २ गरि ४ वटा एम्वुलेन्स तयारी अवस्थामा राखिएको छ ।
नगरपालिकाले नगरमा राहत वितरणलाई पारदर्शी वनाउनका लागि मिडियाकर्मी , प्रहरी र सर्वदलिय सम्यन्त्रका व्यक्तिलाई अनिवार्य रुपमा सहभागि गराउने गरेको नगर प्रमुख कार्कीले दावि गर्नु भयो ।
त्यसैगरि नगर क्षेत्रमा रहेका आमा समुह ,क्वलहरु र संघसंस्थालाई अनिवार्य रुपमा सेनिटाईजरको व्यवस्थापन गर्ने गरी काममा लगाईएको छ ।
त्यसैगरि एसईई दिन विद्यार्थीहरुलाई अनलाई पढाई र रेडियो मलमलाबाट लाईव कक्षा संचालन गरिएको पनि नगरपालिकाले जनाएको छ ।
त्यस्तै ७४ जना अलपत्र रहेका कैलाली ,बर्दीया र सुर्खेतकालाई घर पठाईएको छ भने ईलाका प्रहरी कार्यालय सालझण्डी र रन्यौरालेगरि करिव ३ हजार यात्रुलाई लकडाउन अवधीमा गन्तव्यमा पठाएको नगर प्रमुख कार्कीले बताउनु भयो ।
लकडाउन सुरु भएयता अहिलेसम्म दुईपटकमा गरि २३ सय घरपरिवारलाई नगरपालिकाले राहत वितरण गरेको छ ।
नगरपालिकाले ततकाल कार्यान्वयनमा नजाने योजना छनोट गरि सोको १६ लाख शिक्षक कर्मचारीवाट २१ लाख ,प्रदेश सरकारवाट प्राप्त १५ लाख ,नीजि क्षेत्रवाट नगद १६ लाखतथा १६ लाख वरावरको खाद्यान सहयोग उपब्ध भएको समेत गरि कुल नगद ६७ लाख ४१ हजार नगद रुपैयाँ प्रकोप व्यवस्थापन कोषमा जम्मा गरि सोही कोषको रकमवाट राहत प्रदान गदै आएको जनाएको छ ।
नगरपालिकाले विनियोजन गरेको रकम र नगरमा रहेका सहयोग दाताले उपलब्ध गराएको आर्थिक रकमवाट नगरपालिकाले ११ वटै वडाका अति विपन्न परिवारलाई राहत वितरण गरेको र तेस्रोचरणको राहतका लागि पनि खाद्यान खरिद गरि व्यवस्थापन गरिएको पनि नगर प्रमुख कार्कीले बताउनु भयोे ।
नगरपालिकाले पहिलो चरणमा २ हजार ८ घर परिवार र दोस्रो चरणमा पहिलो चरणका सहित २३ सय घर परिवारलाई राहत प्रदान गरेको जनाएको छ । नगरमा गठित टोल समितिले संकलन गरेको नामावलीमा वडा समितिले सोको छानविन गरि गरेको सिफारिसका आधारमा वल्ल नगरपालिकाले राहत प्रदान गर्ने गरेकाले राहतवाट वन्चित भन्दा पनि नलानु पर्नेले समेत लगेको नगरप्रमुख कार्कीले दावि गर्नु भयो ।
त्यसैगरि नगर क्षेत्रका सामुदायिक वन, ईटा उद्योगी व्यवसायी ,सुनचाँदी व्यवसायी, बैंक तथा वित्तीय संस्था,सहकारी संघसंस्था, प्याब्सन , एन प्याब्सन, उद्योग वाणिज्य संघ, व्यापार संघ, जेसिस ,लायन्स ,रोटरी धार्मिक संघसंस्था, नीजि विद्यालय, उद्योगी व्यवसायी र नगद तथा स्वास्थ्य सामाग्री राहत संकलन भएको नगर प्रमुख कार्कीले बताउनु भयो ।
कोषको रकमबाट दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारका लागि राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, कोरोना सम्बन्धी सचेतना अभिवृद्धि, भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको खोजी, स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षण सामग्री व्यवस्थापन लगायतका काम सञ्चालन गरिएको नगर प्रमुख कार्कीले बताउनु भयो ।

≪ Previous Post

कोरोना संक्रमित भेटिएपछि रुपन्देहीको सीमामा थप कडाई

Next Post ≫

जितगढीमा नेपाली काँग्रेसद्धारा खनालको शोकसभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क