Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ वैशाख २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

वैशाख २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

संसारपोस्ट संवाददाता · १४ बैशाख २०७७ · 0
वैशाख २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
70
SHARES
ShareTweet


काठमाडौं, १४ बैशाख । सरकारले गएको चैत ११ देखि जारी लकडाउनलाई वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेको छ । आज (आइतवार) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउन तत्काल खुला गर्न नहुने निष्कर्ष सहित लकडाउन एक साता लम्ब्याउन सिफारिस गरेको थियो । तर, सरकारले भने लकडाउन १० दिन थप गर्ने निर्णय गरेको हो । देशका विभिन्न जिल्लामा कोरोना संक्रमित देखिने क्रम बढ्दै गएपछि सरकारले लकडाउनलाई निरन्तरता दिएको हो । गएको चैत ११ गते देखि लकडाउन लागू गरेको सरकारले त्यसयता चारपटक लकडाउन बढाएको छ । पछिल्लो पटक थपिएको लकडाउन १५ वैशाखसम्म थियो ।
यस्तै मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन वैशाख ३१ गतेसम्म रोक्ने निर्णय गरेको छ । यसअघि शनिबार बसेको उच्चस्तरीय समन्वय समितिले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान जेठ २ गतेसम्म रोक्ने निर्णय गरिसकेको छ ।

≪ Previous Post

पत्रकारलाई प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री प्रदान

Next Post ≫

२०७७ साल बैशाख १५ गते सोमवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क