Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पत्रकारलाई प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री प्रदान
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पत्रकारलाई प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री प्रदान

संसारपोस्ट संवाददाता · १४ बैशाख २०७७ · 0
पत्रकारलाई प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री प्रदान
70
SHARES
ShareTweet

नवलपरासी, १४ बैशाख । पश्चिम नवलपरासीमा कार्यरत पत्रकारहरुका लागि प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपवरासी मार्फत आइतबार पत्रकारहरुलाई ७५ थान प्रेस ज्याकेट प्रदान गर्नुभएको हो ।
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायलगायतको उपस्थितिमा तिवारीले ज्याकेटसहित १ हजार थान मास्क र १ सय पिस ग्लोब्स पत्रकारहरुलाई उपलब्ध गराउनुभएको हो ।
कोरोना संक्रमणका विरुद्ध पत्रकारहरु जोखिम मोलेर फिल्डमा खटिएको र उनीहरुको परिचय झल्काउनका लागि ज्याकेट प्रदान गरिएको अध्यक्ष तिवारीले बताउनु भयो । महासंघमा प्राप्त भएको ज्याकेट शाखामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई वितरण गरिने पत्रकार महासंघका नवलपरासी शाखा अध्यक्ष हरि शर्माले बताउनु भयो ।
त्यसैगरी तिवारीले जिल्लास्थित सुरक्षाकर्मी, विपद् व्यवस्थापन समिति र एम्बुलेन्स चालकलाई समेत मास्क, ग्लोब्स र सेनिटाईजर उपलब्ध गराउनुभएको छ । उपलब्ध गराएका स्वास्थ्य सामाग्रीमा नेपाल प्रहरीलाई २ हजार पिस मास्क, २ सय थान ग्लोब्स र २० लिटर स्यानिटाइजर छ । त्यसैगरी शसस्त्र प्रहरीलाई ३ हजार पिस मास्क, ३ सय थान ग्लोब्स र २० लिटर सेनिटाइजर छ । नेपाली सेनालाई २ हजार पिस मास्क र २ सय थान ग्लोब्स, राष्ट्रिय अनुसन्धानलाई १ सय पिस मास्क छ ।
जिल्ला विपद् व्यवस्थापन समितिलाई १ हजार पिस मास्क र एम्बुलेस चालकलाई ३ सय पिस मास्क र ५० पिस ग्लोब्स रहेको छ । उक्त सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी दाहाल मार्फत हस्तान्तरण गरिएको हो ।

≪ Previous Post

कोरोना रोकथाम पूर्वतयारीको सांसदहद्वारा तिलोत्तमामा अनुगमन

Next Post ≫

वैशाख २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क