Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोना रोकथाम पूर्वतयारीको सांसदहद्वारा तिलोत्तमामा अनुगमन
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कोरोना रोकथाम पूर्वतयारीको सांसदहद्वारा तिलोत्तमामा अनुगमन

संसारपोस्ट संवाददाता · १४ बैशाख २०७७ · 0
कोरोना रोकथाम पूर्वतयारीको सांसदहद्वारा तिलोत्तमामा अनुगमन
60
SHARES
ShareTweet


तिलोत्तमा, १४ वैशाख । तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि गरेको पूर्वतयारीको बारेमा आज (आइतबार)सांसदहरुले अनुगमन गरेका छन् । जिल्ला समन्वय समिति, रुपन्देहीको संयोजनमा राष्ट्रियसभा, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुको टोलीले अनुगमन गरेको हो ।
अनुगमनमा राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा, प्रदेश सरकार मन्त्री लिला गिरी, प्रदेशसभा सदस्यहरु दधिराम न्यौपाने, तुलसी चौधरी, कृष्ण न्यौपाने, भोजप्रसाद श्रेष्ठ, रमा अर्याललगायत सहभागी हुनुहुन्थ्यो । अनुगमन टोलीमा जिल्ला समन्वय समिति प्रमुख एकराज विश्वकर्मा तथा सदस्यहरुको पनि सहभागिता रहेको थियो ।
सांसदहरुले कोरोना संक्रमण रोकथामका लागि नगरपालिकाले गरेका काम, क्वारेन्टाइन व्यवस्थापन, लकडाउन प्रभावितलाई बाँडिएको राहत, स्वास्थ्य चौकीको व्यवस्थापन, सचेतना अभिवृद्धिलगायतका विषयमा जानकारी लिएका थिए । साथैं उनीहरुले शंँकरनगर स्थित तिलोत्तमा क्वारेन्टाइन तथा शँकरनगर स्वास्थ्य चौकीको समेत स्थलगत अवलोकन गरी जानकारी लिएका थिए ।


त्यसअवसरमा नगर प्रमुख बासुदेव घिमिरेले स्वास्थ्य संस्थामा फिभर सेन्टर सञ्चालन, क्वारेन्टाइन व्यवस्थापन, राहत संकलन तथा वितरण, आइसोलेसन निर्माण, खाद्य बैंक स्थापना, जग्गा बाँझो नराख्ने नीतिगत निर्णय, कृषिउपजको बजारीकरण, गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण, अनलाइन कक्षा सञ्चालन, लकडाउन कार्यान्वयनका लागि नियमित अनुगमनको विषयमा सांसदहरुलाई जानकारी दिनुभएको थियो ।
उहाँले हालसम्म ८१ जनालाई शँकरनगर क्वारेन्टाइनमा र १९६ जनालाई होमक्वारेन्टाइनमा राखिएको, भारतलगायत तेस्रो मुलुकबाट आउनेहरुको नियमित जानकारी लिने काम भएको, दश बेडको आइसोलेसन निर्माण गरी दुई जना स्वास्थ्यकर्मी नियुक्त गरिएको जानकारी गराउनुभयो । यस्तै नगर प्रमुख घिमिरेले हालसम्म झण्डै ३३ सय जनालाई राहत वितरण गरिएकोमा तेस्रो चरणको राहत वितरणलाई थप व्यवस्थित गरिएको, प्रकोप व्यवस्थापन कोषमा ८२ लाख रुपैंयाँ प्राप्त भएको जानकारी सांसदहरुलाई दिनुभयो ।
त्यसक्रममा सांसद छबिलाल विश्वकर्माले कोरोना संक्रमण रोकथाममा तिलोत्तमाले गरेका क्रियाकलापहरु प्रशंसनीय रहेको बताउँदै सीमावर्ती क्षेत्र भएकोले अझै पनि सावधानी अपनाउनुपर्ने बताउनुभयो । कोरोना रोकथाममा जनप्रतिनिधि तथा सरकारी संयन्त्रबाट गरिएका क्रियाकलापले संघीयताको औचित्य पुष्टि गरेको उहाँको भनाइ थियो । पहिलो र दोस्रो चरणको राहत वितरण अनुभव तथा संघीय सरकारको मापदण्डअनुसार तेस्रो चरणको राहत वितरणलाई थप प्रभावकारी बनाउन उहाँले नगरपालिकालाई सुझाव दिनुभयो ।


प्रदेश सरकारका मन्त्री लिला गिरीले राहतलाई वास्तविक लक्षित परिवारमा पुर्याइनुपर्नेमा जोड दिँदै दैनिक गुजारा आफैं चलाउन सक्नेले राहत लिनुहुँदैन भनेर कन्भिन्स गर्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख एकराज विश्वकर्माले जग्गा बाँझो नराख्ने तिलोत्तमाको निर्णय अत्यन्त सह्रानीय रहेको उल्लेख गर्दै यसलाई प्रभावकारी रुपमा कार्यान्वयन तहमा लैजानुपर्ने बताउनुभयो । प्रदेश सरकारको कार्यक्रमअनुसार जिल्ला समन्वय समितिको संयोजनमा सांसदहरुले अनुगमन गरेका हुन् ।

≪ Previous Post

आयल निगम भलवारीमा अटोमेटिक स्यानिटाइजिङ गेट र टनेल निर्माण

Next Post ≫

पत्रकारलाई प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क