Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रोहिणीमा लकडाउन उल्लंघन गर्ने क्रम बढ्दो
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोहिणीमा लकडाउन उल्लंघन गर्ने क्रम बढ्दो

संसारपोस्ट संवाददाता · ५ बैशाख २०७७ · 0
रोहिणीमा लकडाउन उल्लंघन गर्ने क्रम बढ्दो
60
SHARES
ShareTweet

अटेरी गर्नेमाथि लाठि हान्छु : अध्यक्ष यादव



धकधई, ५ बैशाख । कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको लकडाउन उल्लंघन बढ्दै गएपछि सुरक्षाकर्मी संगै स्थानीय तह पनि लकडाउनको प्रभावकारी कार्यान्वयनमा लागिपरेका छन् ।
स्थानीयले लकडाउनको उल्लंघन गर्ने क्रम बढ्दै गएपछि २४ औं दिन रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव लकडाउनको कार्यान्वयनका लागि आफै सडकमा निस्केर स्थानीयलाई लकडाउनको उल्लंघन नगर्न र सचेत रही घरमै बस्न आग्रह गर्नुभएको छ । बिशेष गरि ग्रामीण क्षेत्रमा अहिले गँहु काट्ने काम भई रहेको हुदा कृषिको बहाना देखाउदै लकडाउन उल्लंघन गर्ने क्रम बढ्दै गएपछि यसलाई रोक्न आफै सडकमा आएको अध्यक्ष यादवले बताउनु भयो । कृषिकै बहानामा अन्य सर्वसाधारण पनि घुमफिर गर्न निस्किने गरेका कारण यसले कोरोना भाइरसको जोखिम बढ्न सक्ने भएकाले सबैले लकडाउनको पालना गर्नुको विकल्प नभएको अध्यक्ष यादवको भनाई छ । पहिलो दिन अनावश्यक रुपमा घर बाहिर निस्केकालाई अब ननिस्कने शर्तमा छोडिएको र अब सडकमा देखिए कार्यवाही गर्ने उहांले वताउनु भयो ।
‘आग्रह अनुरोध गर्दा समेत अटेरी गर्ने, लकडाउन उल्लंघन गर्ने गरेमा आफै लठ्ठी हानेर धपाउने हो । आफ्नै गाउँपालिका हो र सबै मेरै जनता हुन् उनीहरुको स्वास्थ्य सम्वेदनशिलतालाई हेरेर यस्तो आग्रह गरिएको हो । आज उठाएको लठ्ठीले धेरैलाई कोरोनाको सँक्रमण हुनवाट जोगाउन सकिन्छ र सबैलाई बचाउन सकिन्छ भने अटेर गर्ने जनता माथि लाठी उठाउन पछि पर्दैन ।’ अध्यक्ष यादवले भन्नुभयो ।


सुरक्षाकर्मीले मात्र लकडाउनमा कडाई गर्न गाह्रो भएको हुदा स्थानीय तहले पनि यसको पहल गर्ने यादवले बताउनु भयो । पालिकाका मुख्य मुख्य चोक संगै ग्रामीण क्षेत्रहरुमा पनि पालिकाले निगरानी बढाउने भएको छ ।
यसैविच रोहिणी गाउँपालिकाले एक सूचना जारी गर्दै बैशाख १५ गते सम्मको लागि दिउसो १२ देखि ३ बजे सम्म मात्र अत्यावश्यक सामाग्री बिक्री बितरण गर्ने पसल खोल्न अनुरोध गरेको छ । यसका साथै सो समयमा खरिद बिक्री गर्नेहरुले सामाजिक दुरीको पालन गर्न पनि पालिकाले अनुरोध गरेको छ । गाउँपालिकाको सूचना बिपरित पसल सञ्चालन गरे सुरक्षा निकायको सहयोगमा गाउँपालिकाले कार्यवाही गर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।
यस अघि रोहिणी गाउँपालिकाले सीमानाकामा भारत र नेपाली नागरिकको आवागमन रोक्न स्थानीयलाई आग्रह गरेको छ ।

≪ Previous Post

२०७७ साल बैशाख ५ गते शुक्रवारको राशिफल

Next Post ≫

नवलपुरमा २ सय १५ जनाको र्‍यापिड टेष्ट नेगेटिभ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क