Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रकोप व्यवस्थापन राहत कोषमा तिलोत्तमाका जनप्रतिनिधिद्वारा सहयोग
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रकोप व्यवस्थापन राहत कोषमा तिलोत्तमाका जनप्रतिनिधिद्वारा सहयोग

संसारपोस्ट संवाददाता · ३ बैशाख २०७७ · 0
प्रकोप व्यवस्थापन राहत कोषमा तिलोत्तमाका जनप्रतिनिधिद्वारा  सहयोग
80
SHARES
ShareTweet

बुटवल ३ बैशाख
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ४ लाख ५० हजार रुपैंयाँ सहयोग गर्ने निर्णय गरेका छन् । नगरकार्यपालिकाको बैठकले कार्यपालिका सदस्यहरुले कम्तिमा ५ हजार र नगरसभा सदस्यहरुले कम्तिमा २ हजारको दरले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो । कतिपय जनप्रतिनिधिहरुले यसअघि नैं कोषमा रकम जम्मा गरिसकेका छन् ।

नगर प्रमुख बासुदेव घिमिरेले ५० हजार, उपप्रमुख जागेश्वर चौधरीले १० हजार रुपैंयाँ कोषमा जम्मा गरिसक्नुभएको छ । यस्तै धेरैजसो कार्यपालिका सदस्यहरुले पनि कोषमा रकम जम्मा गरिसक्नु भएको र नगरसभा सदस्यहरुले निर्णयअनुसार रकम जम्मा गर्नुहुने प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

नगरपालिकाकामा कार्यरत कर्मचारी तथा शिक्षकहरुको तीन दिन बराबरको तलबबाट १७ लाख २ हजार ६६५ रुपैंयाँ कोषमा जम्मा गरिसकेका छन् । स्वास्थ्य शाखामा कार्यरत चार जना कर्मचारीले अलग्गै २५ हजारका दरले एक लाख रुपैंयाँ कोषमा जम्मा गरिसकेको लेखा अधिकृत रमेश बस्यालले जानकारी दिनुभयो ।

नगरपालिकाको आह्वानअनुसार कोषमा हालसम्म झण्डै नगद ५५ लाख रुपैंयाँ संकलन भएको छ । कोषमा जनप्रतिनिधि, विभिन्न व्यक्ति, संघ—संस्था, बैंक तथा वित्तीय संस्था, खानेपानी, वन सहकारी, विद्यालय, क्लव, विभिन्न व्यवसायिक प्रतिष्ठानलगायतले सहयोग गरेका हुन् ।

यसअघि नैं स्थापना गरिएको कोषलाई कोरोना महामारी रोकथाम, पूर्वतयारी तथा उपचारको सन्दर्भमा मजबुद बनाउन नगरपालिकाले गरेको अपिलअनुसार हालसम्म झण्डै ५५ लाख नगद संकलन भएको हो । नगदको अतिरिक्त ७६ क्विन्टल चामल, एक क्विन्टल दाललगायतका खाद्यबस्तु समेत नगरपालिकालाई विभिन्न व्यक्ति तथा वित्तीय संस्थाहरुले प्रदान गरेका छन् ।

नगरपालिकाले एनआईशी एशिया बैंक लिमिटेडको मणिग्राम शाखामा रहेको प्रकोप व्यवस्थापन कोषमा आफू सक्दो सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ ।

कोषको रकमबाट दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारका लागि राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, कोरोना सम्बन्धी सचेतना अभिवृद्धि, भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको खोजी, स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षण सामाग्री व्यवस्थापनलगायतका काम सञ्चालन गरिएको नगरपालिकाको भनाइ छ ।

हालसम्म राहत वितरणमा नगरपालिकाबाट २१ लाख ४० हजार २२० रुपैंयाँ खर्च भएको छ । नगरपालिकाले २५५ क्विन्टल चामल, ७१ क्विन्टल दाल, ३२ क्विन्टल नुन तथा १४४० पिस साबुन खरिद गरेर राहतस्वरुप वितरण गरेको नगर उपप्रमुख तथा राहत वितरण व्यवस्थापन समिति संयोजक जागेश्वरी चौधरीले जानकारी दिनुभयो । चामलको खरिद मुल्य प्रतिकेजी सरदर ५३ रुपैंयाँ ५ पैसा, दालको १०१ रुपैंयाँ र नुनको २० रुपैंयाँ रहेको लेखा अधिकृत बस्यालले बताउनुभयो ।

एकद्धार प्रणालीबाट राहत प्रदान गर्ने नीति लिएको नगरपालिकाले हालस झण्डै ३३ सय परिवारलाई राहत वितरण गरिसकेको छ । पहिलो चरणमा २२ सय परिवारलाई राहत दिइएकोमा दोस्रो चरणमा थप ११ सय परिवारमा राहत पुर्याइएको हो । नगरपालिकाले लकडाउनको समय अझैं बढेमा राहत वितरण प्रणालीलाई परिवार संख्याको आधारमा अघि बढाउने तयारी गरेको छ ।

≪ Previous Post

प्रदेशमा ८८५ जनाको परिक्षण गरेकोमा सबै रिपोर्ट नेगेटिभ :प्रदेश ५का सभामुख

Next Post ≫

तिलोत्तमामा राहत संकलन गर्न ‘खाद्य बैंक’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क