Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सरकार सही दिशामाः विश्वकर्मा
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सरकार सही दिशामाः विश्वकर्मा

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७६ · 0
सरकार सही दिशामाः विश्वकर्मा
40
SHARES
ShareTweet

बुटवल ३ फागुन
पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य छविलाल विश्वकर्माले सरकार सही दिशामा अघि बढेको बताउनुभएको छ ।
कतिपयले सरकारले गरेका काम कारवाहीको बारेमा आलोचना गरेपनि समग्रमा सरकारले लिएको दिशा र गन्तव्य सही रहेको उहाँको दावी छ । रुपन्देहीको ओमसतिया गाउँपालिकाको नवनिर्मित भवनको उदघाटन गर्दै नेता विश्वकर्माले यस्तो बताउनुभएको हो ।
विभिन्न आन्दोलनबाट राज्यव्यवस्था परिवर्तन भएको र संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ व्यवस्थाको अभ्यास मुलुकले पहिलोपटक गरिरहेको भन्दै उहाँले राज्यव्यवस्थाका संवाहक शक्तिले केही समय धैर्य गर्नुपर्ने बताउनुभयो । “हामी पहिलो अध्यासमा छौं, सरकार ठीक ढंगले अघि बढेको छ, अव सबैको सामूहिक प्रयासले समाजवादको गन्तव्यमा पु¥याउनुपर्छ”–नेता विश्वकर्माको भनाइ छ ।
स्थीर सरकार बनेपछि मुलुकमा राजनीतिक अस्थिरता तोडिएकोतीनै तहका सरकार सन्तुलित, नियन्त्रित र व्यवस्थित ढंगले अघि बढेको उहाँले दावी गर्नुभयो । गएको वर्ष कर्मचारी समायोजनका कारण अपेक्षाकृत काम हुन नसकेपनि आगामी आर्थिक वर्षबाट भने सुधारका धेरै कामहरु अगाडि बढ्ने उहाँले बताउनुभयो । नेता विश्वकर्माले जनतालाई सहज ढंगले सेवा प्रवाह गर्न तीनै तहका सरकार भौतिक रुपले सुविधासम्पन्न हुनैपर्ने भन्दै धेरैजसो स्थानीय तह भौतिक पूर्वाधारमा बलियो हुँदै गएको बताउनुभयो ।
“जनतालाई सहज सेवा दिन स्थानीय तह भौतिकरुपमा सुविधासम्पन्न हुनैपर्छ, यस दिशातर्फ अहिले धेरै स्थानीय तहहरु अगाडि बढेका छन्”–उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश ५ का अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले आफू चुनावी प्रतिवद्धताबाट कत्ति पनि टाढा नभएको भन्दै वाचा गरेका प्रतिवद्धता क्रमशः पूरा गर्दै जाने बताउनुभयो । विकासका लागि सबै दलहरुबीच एकता र सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ छ ।
ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रुपन्देही सचिव निर्मल जिसी, नेपाली काँग्रेसका दिलबहादुर चौधरी, समाजवादी पार्टीका केन्द्रीय सदस्य देवेन्द्रनाथ पाण्डे, राष्ट्रिय जनता पार्टी रुपन्देहीका उपाध्यक्ष प्रशान्त गुप्ता, जनमत पार्टीका भुपेन्द्र यादव, राप्रपाका अर्जुन घिमिरे, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेल, कार्यपालिका सदस्य चुमकला बस्याल लगायतले बोल्नुभएको थियो ।

≪ Previous Post

प्रदेशका नाममा सातवटा देश बनाएकै कारण गाई र भैसीको करः अध्यक्ष केसी

Next Post ≫

'कृषिलाई उद्यमसंग जोडेर विकास गरिने '

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क