Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ राष्ट्रियसभा सदस्य उपाध्यायको निधनमा,काँग्रेस रुपन्देहीद्धारा शोक व्यक्तगदै तीन दिन कुनै कार्यक्रम नगर्ने
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

राष्ट्रियसभा सदस्य उपाध्यायको निधनमा,काँग्रेस रुपन्देहीद्धारा शोक व्यक्तगदै तीन दिन कुनै कार्यक्रम नगर्ने

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७६ · 0
राष्ट्रियसभा सदस्य उपाध्यायको निधनमा,काँग्रेस रुपन्देहीद्धारा शोक व्यक्तगदै तीन दिन कुनै कार्यक्रम नगर्ने
120
SHARES
ShareTweet


बुटवल २ फागुन
नेपाली काँग्रेसरुपन्देहीका नेता तथा राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा शुक्रवार निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित उपाध्याको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफ्नै निवासमा निधन भएको प्रदेशसभा सदस्य फकरुद्दिन खाँनले बताउनु भयोे ।
नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य बन्नुभएका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि पार्टीमा आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो । विसं २०५४ मा साविक मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभएका उपाध्याय दुईपटक काँग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो ।
लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य रहनुभएका उपाध्यायका श्रीमती, दुई छोरी र तीन छोरा रहेका छन् ।
उहाँको लुम्बिनीमै अन्तिम संस्कार गरिएकोे प्रदेशसभा सदस्य खाँनले बताउनुभयो । यसै बीच काँग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य उपाध्यायको निधन प्रति नेपाली काँग्रेस रुपन्देहीले शोक व्यक्त गरेको छ । नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले शोक वक्तब्य जारी गर्दै स्वर्गीय नेता उपाध्यायको आत्माको चिर शान्तीको कामना र परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ । नेपाली काँग्रेस क्षेत्र नं. ५ का क्षेत्रीय सभापती तथा महाधिवेशन प्रतिनिधि समेत रहनु भएका राष्ट्रियसभा सदस्य उपाध्यायको निधनले पार्टीलाइ अपुरणीय क्षती पुगेको सभापती रज्जाकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । स्वर्गीय नेता उपाध्यायको निधनमा नेपाली काँग्रेस रुपन्देहीले सात दिन पार्टीको झण्डा आधा झुकाउनुका साथै तीन दिन सम्म कुनैपनि औपचारिक कार्यक्रमहरु नगर्ने भएको छ ।
सभापती रज्जाकले नेता उपाध्यायको निधनले पार्टीलाइ अपुरणीय क्षती पुगेको भन्दै तीन दिन सम्म पार्टीले कुनैपनि औपचारिक कार्यक्रमहरु नगर्ने र पार्टी कार्यालयमा सात दिन सम्म झण्डा आधा झुकाइने बताउनु भयो ।
२०४६ सालाको जनआन्दोलन देखि नै नेपाली काँग्रेसमा सक्रिय रहनुभएका उपाध्याय रुपन्देही क्षेत्र नं ५ मा दुइ पटक क्षेत्रीय सभपाती हुनुभयो । २०५४ सालमा साविकको मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७४ को माघमा उहा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उपाध्याय लुम्बिनी विकास कोषको कार्यकारीणी सदस्य समेत हुनुहुन्थ्यो । बुवा जंगीप्रसाद उपाध्याय र आमा सोनमती उपाध्यायका कोखबाट २०२६ सालमा जन्मनुभएका उपाध्याय केही समय यता क्यान्सर रोगबाट पिडीत हुनुहुन्थ्यो ।

≪ Previous Post

प्रदेश सरकारले गरेका काम देखाउन प्रदेश एक्स्पो

Next Post ≫

दीप गायन ताराको नवौ संस्करण आईतवार देखि, हालसम्मका दीप गायन व्यवसायीक रुपमा स्थापित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क