Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश सरकारले गरेका काम देखाउन प्रदेश एक्स्पो
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रदेश सरकारले गरेका काम देखाउन प्रदेश एक्स्पो

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७६ · 0
प्रदेश सरकारले गरेका काम देखाउन प्रदेश एक्स्पो
70
SHARES
ShareTweet


बुटवल, २ फागुन
प्रदेश सरकारले स्थापना भएयताको २ वर्षमा गरेका काम देखाउन भन्दै प्रदेश एक्स्पोको तयारी गरेको छ । यद्यपी प्रदेश सरकारले भने यो कार्यक्रमलाई गौरवको रुपमा लिएको छ । प्रदेश पाँचको सरकारले ‘प्रदेश एक्स्पोमा सहभागी होऔं, समृद्ध प्रदेश खुसी जनताको अभियान सफल पारौं’ भन्ने नारा सहित यहि फागुन १०, ११ र १२ गते दाङ्को वेलझुण्डीमा प्रदेश एक्स्पोको तयारी गरेको छ ।
त्यसकालागि प्रदेश सरकारले ५० लाख रुपैंयाँ बजेट छुट्याएको छ भने मन्त्रालयगत र स्थानी तहका सरकारले छुट्टा छुट्टै खर्च गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले जानकारी गराउनु भयो । एक्स्पोका माध्यमबाट प्रदेश सरकारको स्थापना कालदेखि हालसम्मका गतिबिधि र उपलब्धीबारे जानकारी दिने सरकारले पहिलो उद्देश्ले लिएको छ । मन्त्रालयका सचिव खरेलले भन्नुभयो–‘एक्स्पो प्रदेश सरकारले दुई वर्षको अवधिमा के गर्यो देखाउने कार्यक्रम हो ।’
त्यस्तै त्यस बाहेक प्रदेशको बिबिधता, उत्पादन, पहिचान, संस्कृति र बिकासको स्थितीको जानकारी दिने, समृद्ध प्रदेश खुशी जनता’को लक्ष्य पुरा गर्न समान उत्साह र समान खुसी पैदा गर्न अभिप्रेरित गर्ने, प्रदेशमा कृषि, पर्यटन, स्वास्थ्य शिक्षा तथा सस्कृतिको बिकासलाई नमुनाको रुपमा स्थापना गरि बिकासमा उत्साह ल्याउने तथा प्रदेश सरकार र स्थानीय तह बिचको सम्बन्धलाई सुदृढीकरण गर्ने लक्ष्य लिईएको उहाँले बताउनु भयो ।
तीन दिने प्रदेश एक्स्पोमा करिव ५ सय स्टल राख्ने तयारी गरिएको छ । जसमा सरकारका करिव ५०÷६० वटा स्टल रहने छन् भने बाँकी सबै नीजि क्षेत्रको हुने सचिव खरेलले जानकारी गराउनु भयो । सरकार मातहत हुने स्टल सरकारी संयन्त्रले निर्माण गरिरहेको छ भने बाँकी नीजि क्षेत्रकालागि दाङ्को उद्योग बाणिज्य संघलाई जिम्मेवारी प्रदान गरिएको छ । त्यसको आम्दानी खर्चको हिस्सेदार पनि उद्योग बाणिज्य संघ नै हुने मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले बताउनु भयो ।
जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको तर्फबाट स्थापनाकालदेखि हालसम्म गरेका कार्यहरुको डिजिटल फ्ल्क्स बोर्ड र बृत्तचित्रका माध्यमबाट प्रस्तुती गरिने छ । त्यसैगरी मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम, प्रदेश समन्वय परिषदका गतिबिधि जानकारी गराईने छ । त्यस्तै सबै मन्त्रालयहरुले दुई वर्षको अवधिमा गरेका गतिबिधि, प्रगति तथा सेवा प्रवाह सम्बन्धि जानकारी गराउने गरि तयारी भैरहेको मन्त्रालयले जनाएको छ ।

≪ Previous Post

राष्ट्रियसभा सदस्य उपाध्यायको निधन

Next Post ≫

राष्ट्रियसभा सदस्य उपाध्यायको निधनमा,काँग्रेस रुपन्देहीद्धारा शोक व्यक्तगदै तीन दिन कुनै कार्यक्रम नगर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क