Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७६ · 0
आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’
60
SHARES
ShareTweet


बुटवल, २ फागुन । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे । नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाईंदै छ ।
आजका दिन खासगरी प्रेमीप्रेमिका तथा श्रीमान श्रीमतीहरुले एकअर्कालाई उपहार आदनप्रदान गर्नुका साथै विभिन्न पार्कमा गएर समय बिताउने गर्छन् । मन परेको व्यक्तिलाई आफ्नो अव्यक्त प्रेमका बारेमा जानाकारी गराउने दिनको रुपमा समेत भ्यलेनटाइन डे अथार्त प्रणय दिवसलाई लिने गरिन्छ ।
ईशापूर्व ३५० अघि इटलीका तत्कालिन शासक क्लाउडियसले प्रेमका पूजारी सन्त भ्यालेनटाईनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । क्लाउडियसले आफ्ना सैनिकहरुलाई प्रेम एवम् विवाह गर्न प्रतिबन्ध लगाएपछि पादरी भ्यलेनटाइनले क्लाउडियसको यो कदम विरुद्ध सैनिकहरुको लुकेर विवाह गराइदिएका थिए ।
आफ्नो आदेश र चाहाना विपरित सैनिकहरुको विवाह गराइदिएको भन्दै भ्यलेनटाइनलाई फेब्रुअरी १४ का दिन अर्थात आजकै दिन मृत्युदण्ड दिएका थियो । प्रेम र मानवताका अनुयाइ भ्यलेनटाइनले मृत्युवरण गरेको सम्झनामा हरेक फ्रेबुअरी १४ लाई भ्यलेनटाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिन्छ ।
पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्तामाझ लोकप्रिय हुँदै आएको छ ।
पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा मनाउने गरिन्छ । विशेषगरी भ्यालेनटाईन डे लाई नेपालमा युवा पुस्ताले ठूलै महत्व दिन थालेका छन् । खासगरी किशोर–किशोरीहरुले आ–आफ्ना प्रेमी प्रेमीकासँग माया साटासाट गरेर यो दिवस मनाउने गर्दछन् । आज विभिन्न पार्क तथा सार्वजनिक स्थानहरुमा पे्रम गर्ने जोडीहरुको संख्या बाक्लै देख्न सकिन्छ ।
परम्परागत रुपमा पश्चिमा मुलुकमा मनाइने भ्यालेन्टाइन डे सामाजिक सञ्जाल तथा विश्वव्यापीकरणका कारण पछिल्लो समय पूर्वी एशियातर्फ पनि उत्तिकै महत्वका साथ मनाउने गरिन्छ ।

≪ Previous Post

तिलोत्तमामा दादुरा–रुबेला खोप अभियान सुरु

Next Post ≫

धार्मिक पर्यटनका लागि सोनवागढ मन्दिर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क