बुटवल ६ माघ
आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनअन्तर्गत प्रदेश नम्बर ५ को चुनाव दाङमा हँुदै छ। घोराहीको कर्मचारी मिलनकेन्द्रमा ‘क’ र ‘ख’ मतदानकेन्द्र तोकेर निर्वाचनको तयारी गरिएको छ।
कर्मचारी मिलनकेन्द्र ‘क’ मतदान केन्द्रमा प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मतदान केन्द्रमा नगरपालिकाका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्षरउपाध्यक्षले मतदान गर्नेछन्। यो प्रदेशमा कुल ३ सय ५ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी एवं सहायक मतदान अधिकृत खिमप्रसाद सुवेदीले जानकारी दिनुभयो।
प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुखरउपप्रमुख र गाउँपालिकाका अध्यक्षरउपाध्यक्षका लागि छुट्टाछुट्टै रङका मतपत्रको व्यवस्था गरिएको छ। प्रदेशसभा सदस्यहरुले सेतो पृष्ठभूमिमा हरियो रङमा छापिएका मतपत्र पाउनेछन् भने नगरपालिकाका प्रमुखरउपप्रमुख र गाउँपालिकाका अध्यक्षरउपाध्यक्षले सेतो पृष्ठभूमिमा रातो रङमा छापिएका मतपत्रमा मतदान गर्नेछन्।
दुवै थरी मतदाताले तीनरतीनवटा मतपत्र छाप लगाउनुपर्ने छ। ‘एक जना मतदाताले तीनवटा मतपत्रमा छाप लगाउनुपर्नेछ’, सहायक मतदान अधिकृत सुवेदीले भन्नुभयो– ‘पहिले महिलाको, त्यसपछि अपांगतारअल्पसंख्यकको र अन्तिममा अन्य कोटाको उम्मेदवारलाई मतदान गर्नुपर्नेछ, त्यसका लागि तीन ठाउँमा नै मतपत्र र मतपेटिकाको व्यवस्था गरिने छ।’
यो प्रदेशमा तीन पदका लागि नौजनाबीच प्रतिस्पर्धा हुँदै छ। जसमा महिलातर्फ दुई, अपाङ्गता वा अल्पसङ्ख्यकतर्फ तीन र अन्यमा चार गरी नौ जना उम्मेदवार रहनुभएको छ।
महिलातर्फ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बाट बाणगंगा नगरपालिका–८ ढोडेकोल अपिलवस्तुुकी विमला घिमिरे र नेपाली कांग्रेसका तर्फबाट लमही नगरपालिका ५ की गिरिजादेवी न्यौपाने, अल्पसङ्ख्यकरअपाङ्गतातर्फ नेकपाबाट तुलसीपुर उपमहानगरपालिका–१२ का जगप्रसाद शर्मा, कांग्रेसकाबाट नेपालगन्ज उपमहानगरपालिका–५ का मेराज अहमद हलवाई र समाजवादीका नेपालगन्ज उपमहानगरपालिका–७ का सुनीलकुमार सिंहले उम्मेदवार हुनहुन्छ।
त्यस्तै अन्यमा नेकपाका रूपेन्देहीको तिलोत्तमा नगरपालिका–५ का गोपाल भट्टराई, कांग्रेसका छत्रदेव गाउँपालिका–४ अर्घाखाँचीका बालकृष्ण पाण्डे, राष्ट्रिय जनमोर्चाका कपिलवस्तु नगरपालिका–९ का शिवप्रसाद पौडेल र समाजवादी पार्टीका गुलरिया नगरपालिका १ बर्दियाका कृष्णप्रसाद अहिर उम्मेदवार हुनुहुन्छ।
कुल ३०५ मतदातामध्ये प्रदेशसभा सदस्य ८७ र एकसय ९ स्थानीय तहका प्रमुखरप्रमुख गरी २ सय १८ जना रहेका छन्। जसमा प्रदेशसभातर्फ प्रतिमतदाता ४८ मतभारका दरले ४ हजार १ सय ७६ तथा स्थानीय तहतर्फ प्रतिमतदाता १८ का हिसाबले ३ हजार ९ सय २४ मतभार गरी कुल ८ हजार १ सय मतभार रहेको छ।
बिहान १० देखि अपरान्ह ४ बजेसम्म मतदान समय तोकिएको छ। मतदाताले मतदाता परिचयपत्र र निर्वाचन आयोगले प्रदान गरेको विजयी प्रमाणपत्र ल्याउनुपर्ने कानुनी व्यवस्था रहेको छ।
मतदान सकिएपछि साँझ नै मतगणना गर्ने र निर्वाचन भएको तीन घण्टाभित्र परिणाम सार्वजनिक गर्ने तयारी पनि निर्वाचन अधिकृतको कार्यालयले गरेको छ।
पुस २७ गतेदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेको जानकारी दिँदै जिल्ला निर्वाचन अधिकारी सुवेदी राष्ट्रियसभा सदस्य उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने सीमा तोकिएको बताउनुभयो। सबै उम्मेदवारले चुनाव खर्च निर्वाचन आयोगमा पेस गर्ने व्यवस्था छ।