Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

संसारपोस्ट संवाददाता · १९ चैत्र २०८२ · 0
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा
140
SHARES
ShareTweet

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २५ औं वार्षिक साधारण सभा तथा १४ औं अधिबेशनको तयारी पुरा भएको छ ।

यही चैत २० र २१ गते हुने समितिको २५ औ वार्षिक साधारण सभा तथा १४ औं अधिबेशनवाट नयां नेतृत्व समेत चयन हुने भएको छ ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टीकाराम गौतमले साधारण सभाको सबै तयारी पुरा भएको र जिल्ला वाहिरवाट आउने अतिथी पाहुनाहरुको आगमन शुरु भएको बताउनु भयो । उहांले यस पटक समितिको नयां नेतृत्वका लागि खुल्ला रुपमा लोकतान्त्रिक  प्रकृया अनुसार निर्वाचन हुने बताउनु भयो । उहांले आफनो कार्यकाल सफल बनाउन हरेक क्षेत्रवाट भएको सहयोगको सराहना व्यक्त गर्नु भयो ।

समितिमा नयां नेतृत्वका लागि चुनावी सरगर्मी पनि शुरु भएको छ । नयां नेतृत्वका लागि ३ जनाले आकांक्षा व्यक्त गरेको बुझिएको छ । यद्यपी निर्वाचनको कार्यतालिका अझै सार्वजनिक नभएकाले आधिकारिक रुपमा उम्मेदवारी भने दर्ता नभएको निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले बताउनु भयो । समितिको नयां नेतृत्वका लागि पूर्व वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्कीको नेतृत्वमा प्यानल तयार गरिएको सामाजिक संजालमा देखिएको छ । कार्कीले अनुभवी, कर्मठ, उर्जाशिल, र व्यवसायी तथा मजदुरहरुको प्रतिनिधित्व सहितको समावेशी संयुक्त प्यानल अगाडी सार्नु भएको छ । त्यस्तै व्यवसायिक हकहितका लागि कर्मठ र योग्य युवाहरुको प्यानल भन्दै याम बहादुर जिसीको नेतृत्वमा अर्को प्यानल तयार गरिएको पनि सामाजिक संजालमा देखिएको छ । त्यस्तै विभिन्न १४ वुद्धे प्रतिवद्धता सहित युवा व्यवसायी पंकज राईले पनि अध्यक्षको उम्मेदवारी घोषणा गर्नु भएको छ । अध्यक्षका उम्मेदवार राईले एकल रुपमा उम्मेदवारी दिने पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नु भएको छ । समितिमा २ हजार ट्रक र १ हजार २ सय जति व्यवसायी रहेका छन । समितिका वर्तमान अध्यक्ष टीकाराम गौतम, वरिष्ठ उपाध्यक्ष कमल घिमिरे र कोषाध्यक्ष शंकर लम्साल भने आगामी नेतृत्वका लागि चुनावी मैदानमा रहनु भएको छैन । महासचिव खिम बहादुर थापा नारायण भने पुन महासचिवमा कार्की प्यानलमा रहनु भएको छ । जिसीको प्यानलवाट बर्तमान सचिव बसन्त खडकाले महासचिवमा उम्मेदवारी दिने तयारी गर्नु भएको छ । समितिको बिधान अनुसार १३ पदाधिकारी र ११ कार्यसमिति सदस्य पदका लागि निर्वाचन प्रकृयावाट नेतृत्व छनोट हुने  छ ।

≪ Previous Post

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क