Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

संसारपोस्ट संवाददाता · १४ चैत्र २०८२ · 0
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन
70
SHARES
ShareTweet

बुटवल । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, रुपन्देहीको नव-निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शुक्रबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई पुष्पमाला लगाई प्रमाणपत्र प्रदान गरियाे । त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त अधिवक्ता अर्जुन कार्कीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।
गत मंसिर २६ गते सम्पन्न अधिवेशनबाट निर्वाचित ९ सदस्यीय कार्यसमितिको संयोजकमा कविन्द्रमान श्रेष्ठ, सचिवमा विजय कुँवर, कोषाध्यक्षमा एजाज वारिस चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा नरिनारायण घिमिरे, मोहम्मद शहिद मुसलमान, सुनिल गदाल, रामबहादुर शाही, खड्कबहादुर गुरुङ र विष्णुबहादुर खत्री निर्वाचित भएकाे निर्वाचन आयुक्त खिमानन्द भट्टराईले जानकारी दिए ।
कार्यक्रममा बोल्दै महासङ्घ रुपन्देहीका द्म@नवनिर्वाचित संयोजक कविन्द्रमान श्रेष्ठले यातायात व्यवसायीका हकहित संरक्षण र व्यवसायमा देखिएका समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका लुम्बिनी प्रदेश संयोजक तथा सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सञ्जिव रोकाले नयाँ नेतृत्वलाई चुनौतीलाई अवसरका रूपमा लिएर अघि बढ्न सुझाव दिए ।
यसैगरी महासंघका केन्द्रीय सदस्य तथा बुटवल यातायात प्रा.लि.का अध्यक्ष रविन्द्रमान श्रेष्ठ, निवर्तमान सचिव दीपक श्रेष्ठ तथा सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.का कोषाध्यक्ष सियाराम यादवलगायतले नव-निर्वाचित टोलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

≪ Previous Post

प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

Next Post ≫

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क