Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

संसारपोस्ट संवाददाता · १३ चैत्र २०८२ · 0
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित
100
SHARES
ShareTweet

भैरहवा । प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारका दुई खेलमा बुटवल गोलपार्क क्रिकेट क्लब र एमएसएमटी क्रिकेट एकेडेमी विजयी भएका छन् । बुटवल गोलपार्कले जेआर क्रिकेट एकेडेमीमाथि ३७ रन र एमएसएमटीले बुद्ध क्रिकेट क्लबमाथि ३१ रनको जित निकालेका हो ।

पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङमा आएको बुटवल गोलपार्कले ९ विकेट गुमाएर १ सय ३० रन बनायो । उसका लागि सुदिप अर्यालले २६, दीपेश रोकाले २५, सन्दिप खत्रीले २२, कलम अलीले १६ र ऋषभ बेल्बासेले १२ रन बनाए । बलिङमा जेआरका अनमोल श्रीस थापा, शिव कुमार र विष्णु भुसालले २–२ तथा कृष्ण पन्थीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको जेआरले ८ विकेट गुमाएर ९३ रन मात्रै बनायो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न बलिङमा बुटवल गोलपार्कका सुप्रिम कंडेलले २ तथा सागर गैरे, सुदिप अर्याल र कलम अलीले १–१ विकेट लिए । जेआरका शिव कुमारले अविजित ४८, विशाल भुसालले १३ र युशिल भुसालले १२ रन बनाए । खेलमा सुदिप अर्याल प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको एमएसएमटीले ६ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल बनायो । उसका लागि राहुल यादवले ५८, आर्यन अग्रहरीले ५२, अर्मन खानले अविजित २३, प्रधुमन निषादले २० र कमरन खानले १५ रनको योगदान गरे । बलिङमा बुद्धका हरिकेष मौर्यले ३, शैलेन्द्र यादवले २ तथा अजय त्रिपाठीले १ विकेट लिए ।

प्रतित्तउरमा बुद्धले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५३ रन बनायो । उसका लागि अजित यादवले ७१, शैलेन्द्र यादवले २२ र सफिउल्लाह मुसलमानले ११ रन बनाए । बलिङमा एमएसएमटीका अंस सिंहले ५, रितिक कुमारले २ तथा प्रधुमन निषादले १ विकेट लिए । खेलमा अंस सिंह प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

चैत्र १५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी १६ टीम सहभागी छन् । आयोजकका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेताले नगद २५ हजारसहित मेडल, म्यान अफ द सिरिजले ट्रफी र १० हजार, बेष्ट बलर र ब्याटरले ट्रफी र जनही ५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

≪ Previous Post

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

Next Post ≫

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क