Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा औषतभन्दा माथि छ : डिजि कोईराला
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा औषतभन्दा माथि छ : डिजि कोईराला

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८२ · 0
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा औषतभन्दा माथि छ : डिजि कोईराला
110
SHARES
ShareTweet

बुटवल । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा डिजि भिजिट भएको छ । रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर विनोद कोईरालाले सोमबार क्लवमा स्थलगत अवलोकन गरि क्लवका गतिविधि र गरेका कार्यक्रमहरुको बारेमा जानकारी लिनुभएको हो ।
त्यस अवसरमा गभर्नर कोईरालाले यो क्लव एभरेज भन्दा माथी रहेको जानकारी गराउँदै माई रोटरी अपडेट र क्लवका गतिविधिमा सहभागिता बढाउन सुझाव दिनुभयो । उहाँले रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही सदस्यतासहित यसले गर्ने कार्यक्रमका आधारमा एभरेज भन्दा माथि रहेको जानकारी गराउनु भएको हो । उहाँले यो क्लवले सञ्चालन गरेको विद्यालय पेन्टिङ कार्यक्रम उत्कृष्ट रहेको बताउँदै समाजमा प्रभाव पार्ने अरु पनि कार्यक्रमको खोजी गर्न सुझाव दिनुभयो । उहाँले क्लवले गर्ने कार्यक्रमहरुको लागि स्रोतको खोजी र पहिचानमा जोड दिँदै ग्लोवल ग्राण्डमा लाग्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा क्लवका अध्यक्ष दीपकप्रसाद भट्टराईले क्लवले वर्षभरीका लागि बनाएका योजना र भएका गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो । त्यस अवसरमा सर्भिस प्रोजेक्ट कमिटि, द रोटरी फाउण्डेशन कमिटीको तर्फबाट रामेश्वर सिंह, मेम्बरशिप कमिटीको तर्फबाट देवीलाल भट्टराई, पब्लिक इमेज कमिटीको तर्फबाट दीपक बास्कोटा र क्लव एड्मिन कमिटीको तर्फबाट लक्ष्मण विकले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस अवसरमा क्लवले स्थापना गरेको इन्ट्रयाक्ट क्लव अफ लिटिल फ्लावरलाई औपचारिकता दिईएको छ । डिष्ट्रिक गभर्नर कोईरालाले क्लवका संस्थापक अध्यक्ष सामर्थ क्षेत्रीलाई कलर लगाएर क्लव स्थापना भएको औपचारिक घोषणा गर्नुभएको हो । त्यस्तै क्लवका नयाँ सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा डिष्ट्रिक सेक्रेटरी सुवास सिग्देल, क्लवका निवर्तमान अध्यक्ष देवीराम पाण्डेलगायतले भनाई राख्नुभएको थियो ।

≪ Previous Post

एक्यान लुम्बिनी र रुपन्देहीको अध्यक्षमा अर्याल र पान्डे निर्वाचित

Next Post ≫

बुटवलमा खुल्यो पाँचतारे होटल ह्यात प्लेस, एक रातमा २५० पाहुना बास बस्न सक्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क