Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स आँखा अस्पतालको सभापतिमा श्रेष्ठ : बुटवल उद्योग वाणिज्य संघमा सम्मान
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

लायन्स आँखा अस्पतालको सभापतिमा श्रेष्ठ : बुटवल उद्योग वाणिज्य संघमा सम्मान

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८२ · 0
लायन्स आँखा अस्पतालको सभापतिमा श्रेष्ठ : बुटवल उद्योग वाणिज्य संघमा सम्मान
110
SHARES
ShareTweet

बुटवल । बुटवलको लायन्स आँखा अस्पतालको सभापतिमा बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य महेशप्रसाद श्रेष्ठ मनोनित हुनुभएको छ ।
बुटवल उद्योग वाणिज्य संघले संघको कार्यसमिति सदस्य श्रेष्ठ लायन्स आँखा अस्पतालको सभापतिमा मनोनित भएकोमा खुशी ब्यक्त गर्दै सम्मान गरेको छ । संघको आईतबार बसेको कार्यसमिति बैठकमा अस्पतालको सभापति पदमा मनोनित श्रेष्ठलाई सम्मान गरिएको हो ।
श्रेष्ठलाई संघका अध्यक्ष हरिप्रसाद अर्यालले टिका सहित खादा लगाएर सम्मान गर्नुभएको हो । त्यस अवसरमा बोल्दै संघका अध्यक्ष अर्यालले अस्पतालको व्यवस्थापकीय जिम्मेवारीलाई श्रेष्ठले कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
लायन्स क्लव अफ बुटवलले स्थापना गरी सञ्चालनमा ल्याएको बुटवल लायन्स आँखा अस्पतालमा क्लवले ४ वर्षे कार्यकालको लागि अध्यक्ष सहित पदाधिकारी मनोनित गर्ने गर्दछ । यस अंगाडी अध्यक्ष रहनुभएका रामेश्वरप्रसाद श्रेष्ठको कार्यकाल सकिएपछि क्लवले अध्यक्ष पदमा क्लवका पूर्व अध्यक्ष महेशप्रसाद श्रेष्ठलाई मनोनित गरिएको लायन्स क्लव अफ बुटवलका अध्यक्ष प्रतिक पोखरेलले जानकारी गराउनु भयो ।
संघको बैठक तथा सम्मान कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, संघका सचिव प्रतिक पोखरेल, सहकोषाध्यक्ष धनाकुमारी खनाल लगायतले श्रेष्ठलाई बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

≪ Previous Post

चोरीका घटनालाई टेवा पुग्ने खालका विषय सामाजिक संजालमा पोष्ट नर्गन रोटरी क्लब अफ बुटवलको आग्रह

Next Post ≫

दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क