Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन बुटवल उपमहानगरको पहल
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन बुटवल उपमहानगरको पहल

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०८२ · 0
बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन बुटवल उपमहानगरको पहल
70
SHARES
ShareTweet

बुटवल। बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उदेश्यका साथ कोरला नाकादेखि लुम्बिनी र भारतदेखि कोरला नाकासम्म पर्यटक भित्राउन बुटवलले पहल थालेको छ ।
भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दु धर्मावलम्बी र चीनबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी पर्यटकहरु ल्याउने र बुटवलमा विश्राम गर्ने गरी बुटवल उपमहानगरपालिकाले पहल थालेको हो ।
जसअनुसार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, म्याग्दी र मुस्ताङका विभिन्न स्थानीय तहहरुसँग भेटेर आपसी सहकार्य र पर्यटक भित्राउनका लागि साझा पहल थाल्ने गरी छलफल गरेको छ ।
स्याङ्जाको कालीगण्डकी, पाल्पाको तानसेन, गुल्मीको कालीगण्डकी, वाग्लुङको जैमिनी, मुस्ताङको लोमान्थाङ, घरपझोङ, लो घेकर, दामोदर कुण्ड, वारागुङ, मुक्तिक्षेत्र गाउँपालिकालगायतका स्थानीय तहहरुसँग भेटघाट गरी पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने र छिटै नै पालिकाहरुका बीचमा सम्मेलन आयोजना गर्ने निर्णय भएको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
प्रमुख पाण्डेका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकासँग बुटवल उपमहानगरपालिकाले भगिनी सम्बन्ध कायम गर्ने सहमति समेत भएको छ ।
बुटवल देशका सबैजसो स्थानबाट र भारत तथा चीनबाट समेत आउन जानका लागि सहज शहर हो, यहाँबाट देशका सबैजसो स्थानमा जाने गाडीहरु चल्छन् र भैरहवा विमानस्थलबाट समेत हवाइ सेवा उपलब्ध छ, प्रमुख पाण्डेयले भन्नुभयो–‘यसको लाभ उठाउने गरी बुटवललाई केन्द्र मानेर भारतबाट आउने हिन्दु पर्यटकलाई मुक्तिनाथ र कोरला नाकासम्म लैजाने तथा चीनबाट कोरला नाका हुँदै लुम्बिनी आउने बौद्ध धर्मका पर्यटकलाई सहजीकरण गर्ने उदेश्य हाम्रो हो ।’
उर्हांले बुटवलमा सबैका लागि उपयोगी हुने पर्यटक सूचना केन्द्र निर्माण गर्ने र पर्यटन व्यवसायीहरुसँगको सहकार्यमा टुर प्याकेजहरु तयार गरेर भारत र चीनका पर्यटक आकर्षित गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
बुटवल र आसपासका पर्यटकीय स्थलहरु घुम्ने र बुटवलमा रात बिताउने गरी यस्तो प्याकेज तयार गरी भारत र चीनका पर्यटकलाई बुटवलमा भ्रमणको निम्तो दिइनेछ, पाण्डेले भन्नुभयो –‘यसले गर्दा बुटवलको मात्रै नभइ लुम्बिनीदेखि कालीगण्डकी करिडोर क्षेत्रमा पर्ने स्थानीय तहहरुको समेत पर्यटन प्रवद्र्धनमा योगदान पुग्नेछ ।’
यसैक्रममा बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच धार्मिक पर्यटन पव्रद्र्धनमा सहकार्य गर्ने सहमति भएको छ । कालीगण्डकी करिडोरलाई धार्मिक पर्यटकीय मार्गको रुपमा विकास गर्ने गरी दुई पालिका अघि बढ्ने भएका हुन् ।
उपमहानगरपालिकाको टोली मुस्ताङ भ्रमणमा रहेको बेला घरपझोङ गाउँपालिकासँग धार्मिक पर्यटन प्रवद्र्धनसँगै विकास निर्माण र सेवा प्रवाहमा समन्वय तथा सहयोग आदानप्रदानलाई निरन्तरता दिन भगिनी सम्बन्ध कायम गर्ने समझदारी समेत भएको हो । भगिनी सम्बन्धलाई औपचारिकता प्रदान गर्न निकट भविश्यमै आपसी सल्लाहमा कार्यक्रम तय गर्ने निर्णयमा उल्लेख छ ।
त्यस्तै बुटवल मुक्तिनाथ पदमार्ग क्षेत्रमा अवस्थित सबै स्थानीय सरकारको भेला आयोजना गरि धार्मिक पर्यटन प्रवद्र्धनको लागि वृहत छलफल र अन्तरक्रिया कार्यक्रमको लागि दुई स्थानीय सरकारले पहल गर्ने प्रमुख पाण्डेयले बताउनुभयो ।
‘बुटवलबाट कालिगण्डकी करिडोर हुँदै मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय विकास गर्ने कुरामा दुवै पालिकाकाबीचमा समझ्दारी भएको छ ।’ उहांले भन्नुभयो–‘अरु पालिकालाई पनि समेटेर बुटवलदेखि मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय स्थानलाई व्यापक रुपमा प्रचार प्रसार गर्ने निर्णय भएको छ ।’
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बुटवल मुक्तिनाथ पर्यटकीय प्रवद्र्धनले समग्र देशको अर्थतन्त्रलाई चलायमान गराउने बताउनुभयो ।
‘कालिगण्डकी आसपासका तीर्थस्थलहरुको कसरी प्रवद्र्धन गर्ने भनेर भारतदेखि मुक्तिनाथसम्मलाई पर्यटनले जोड्दा देशको अर्थतन्त्रमा पनि ठूलो टेवा पुग्छ उहांले भन्नुभयो –ठूलो संख्यामा पर्यटक आए भने यहाँको व्यापार व्यवसाय चलयाममान हुन्छ । त्यसको लागि हामी भगिनी सम्बन्ध पनि कायम गर्दैछौं । यसलाई ऐतिहासिक रुपमा सफल बनाउँछौं ।’

त्यस्तै मुस्ताङमा उत्पादित स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजार व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाले पहल गर्ने र बुटवल उपमहानगरपालिकाको उत्पादन प्रवद्र्धनमा घरपझोङ गाउँपालिकाले पहल गर्ने सहमति समेत भएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो ।
यस्तै गरी, वाग्लुङको जैमिनी नगरपालिका, स्याङ्जाको कालीगण्डकी, गुल्मीको कालीगण्डकी, मुस्ताङको लोमान्थाङ, घरपझोङ, लो घेकर दामोदर कुण्ड, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालगायतका जनप्रतिनिधिहरुले पनि बुटवलको अभियानमा सँगै अगाडि बढ्ने र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने बताएका छन् ।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बुटवल र जैमिनीका बीचमा सहकार्य गरी पर्यटन प्रवद्र्धन तथा व्यापार व्यवसायमा समेत सँगै अगाडि बढ्ने बताउनुभयो । कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेद मगर, उपाध्यक्ष मञ्जु कुमारी दर्लामी, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालालगायतले बुटवलले अगुवाई गरी पर्यटन प्रवद्र्धन र व्यापार व्यवसायमा आदानप्रदान गर्ने उदेश्यमा सँगै अगाडि बढ्ने बताउनुभयो ।

≪ Previous Post

सिद्धार्थनगर पूर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणा

Next Post ≫

प्रदेशस्तरीय यु–१६ क्रिकेटः रूपन्देही ७ र बाँके ३ विकेटले विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क