Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मणिग्राममा आँखा र दन्त शिविर : दुई सय पचास बढी लाभान्वित
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मणिग्राममा आँखा र दन्त शिविर : दुई सय पचास बढी लाभान्वित

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०८२ · 0
मणिग्राममा आँखा र दन्त शिविर : दुई सय पचास बढी लाभान्वित
110
SHARES
ShareTweet

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा आँखा शिविर र दन्त शिविर संयुक्त रूपमा सम्पन्न भएको छ । शिविरबाट दुई सय पचास भन्दा बढी मानिसले लाभ लिएको आयोजकले बताएका छन् ।
राममणि बहुमुखी क्याम्पसको विस्तारित समिति एवम् स्वास्थ्य तथा सरसफाई एकाईको आयोजना र शिवालय टोल विकाश संस्था, लायन्स आँखा अस्पताल र आधुनिक डेण्टल समाजको संयुक्त सहयोगमा शिविर सञ्चालन भएको थियो ।
मणिग्रामस्थित रामेश्वर मन्दिर प्राङ्गणमा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीको अध्यक्षतामा आयोजित शिविरमा लायन्स आँखा अस्पताल बुटवलका माला चौधरी नेतृत्वका प्राविधिकहरू र आधुनिक डेण्टल समाजका स्वास्थ्यकर्मी डा. रक्षा अर्याल नेतृत्वका प्राविधिकरूले परीक्षण तथा निदान गरेका थिए ।
शिविरमा स्थानीयबासी, क्याम्पसका विद्यार्थी, कर्मचारी, प्राध्यापक तथा सञ्चालकहरू समेत गरी १३८ जनाको दन्त परीक्षण र ११४ जनाको आँखा परीक्षण गरिएको क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाई संयोजक विन्दु आचार्यले जानकारी दिनुभयो ।
त्यसअघि, क्याम्पस सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार धितालले शिविरको उद्घाटन गर्दै समुदायमा विविध प्रकारले प्रत्यक्ष लाभ पु¥याउनका लागि क्याम्पस समुदायमा गएको बताउनुभयो ।
सोही अवसरमा क्याम्पस र आधुनिक डेण्टल समाजका बीच सहकार्यको सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।
कार्यक्रममा शिवालय टोल विकाश संस्थाका अध्यक्ष भगवती बस्याल, आधुनिक डेण्टल समाजका रमा पौडेल, उपप्राध्यापक भिमलाल घिमिरे, नोवराज तिवारी, जीवनकुमार पौडेल, विष्णुप्रसाद भुसाल लगायतले बोल्नुभएको थियो ।

≪ Previous Post

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

Next Post ≫

चौथो तिलोत्तमा वडा स्तरीय मेयरकप फुटबल भोली देखि शुरु हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क