Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ होटेल पौवामा स्वाद उत्सव तथा कर्मचारी सम्मान कार्यक्रम
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

होटेल पौवामा स्वाद उत्सव तथा कर्मचारी सम्मान कार्यक्रम

संसारपोस्ट संवाददाता · २४ चैत्र २०८१ · 0
होटेल पौवामा स्वाद उत्सव तथा कर्मचारी सम्मान कार्यक्रम
80
SHARES
ShareTweet

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा स्वाद उत्सव कार्यक्रम तथा उत्कृष्ट कामगर्ने कर्मचारीहरुलाइ  सम्मान गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ योगिकुटी स्थित  शाखामा एक समारोहका बिच पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारी, उपाध्यक्ष ध्रुवराज न्यौपाने, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष आरपी आचार्य, रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डे, सल्लाहकार खिमानन्द भट्टराई, नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, संचालक समितिका सदस्य गणेशचन्द्र पोखरेल, विष्णु भण्डारी, विष्णुप्रसाद ज्ञवालीले पौवा स्वाद उत्सव कार्यक्रमको संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने स्वाद उत्सव कार्यक्रम चैत्र २५ गतेदेखि २९ गतेसम्म चल्ने र यो उत्सव पौवाका सबै शाखामा आयोजना हुने पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताउनुभयो ।

होटल पौवाका अनुसार उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ । स्वाद उत्सवको उद्देश्य पौवाका सेफहरूबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्नु पनि रहेको अध्यक्ष भन्डारीले बताउनुभयो । ‘स्वाद उत्सवमा पाहुनाहरूले दिनुहुने प्रतिक्रियाले सेफहरूको अनुभवमा निखारता आई क्षमता अभिवृद्दि गर्न मद्दत पुग्ने विश्वास पौवाले लिएको छ´ । अध्यक्ष भन्डारीले भन्नुभयो । अध्यक्ष भन्डारीका अनुसार यो उत्सवको अर्को महत्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहन समेत गर्नु रहेको छ।

कार्यक्रममा होटेल पौवाका १७ वटा शाखामध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने  सर्वोत्कृष्ट शाखाका रुपमा भरतपुर शाखाका किचन विभागबाट चिरन्जिवी भटटराई, पोखरा शाखाका प्रबन्धक केशव भण्डारी, भैरहवा संजालका सेफ दिपक भण्डारी, लेखा विभागका भैरहवा संजालका लेखापाल अशोक यादव, सर्भिस विभागमा सालझण्डीबाट विशालसिह ठकुरी, हाउस किपिङ र प्रडक्ट विभाग काठमाडौंका हरि न्यौपाने, फ्रन्ट अफिस भालुवाङ शाखाका ईन्दिरा चौधरी, सुरक्षा विभाग बुटवलका प्रेम घिमिरेललाइ नगदसहित प्रमाण पत्रले सम्मान गरिएको छ।

कार्यक्रममा पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले उत्सवमा भाग लिनका लागि सबै शाखाबाट करिव २ लाख स्थानीय तथा बाह्य पाहुनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणापत्र दिइएको बताउनुभयो । ती सबै अतिथि पाहुनाहरूलाई पौवामा आएर विभिन्न परिकारको नि:शुल्क स्वाद लिन पाउनेगरि ब्यवस्था मिलाइएको उहाले बताउनुभयो । पाहुनाहरूले दिएको विश्वास र समर्थनकै कारण पौवा ‘मिसन १००’ को लक्ष्य पच्छ्याउँदै देशभर विस्तारित भैरहेको छ ।’ उपाध्यक्ष  न्यौपानेले भन्नुभयो । उहाका अनुसार सबै धर्म, संस्कृति मान्ने नेपालीका विभिन्न चाडपर्वलाई पौवाले विशेष बनाउँदै आएको छ ।

९ वर्षअघि विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेशबाट यात्रा सुरु गरेको होटल पौवाको हाल १८ वटा शाखा पुगेका छन् । जहाँ ७०० भन्दा बढिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।
नेपालगन्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को पहिलो चरणको काम सम्पन्न भएको छ भने मुख्य अतिथि आवास भवन निर्माण भैरहेको छ । अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुरु भई सकेको छ । नेपालगन्जको होटलमा नेपाली हस्पिटालिटी भित्र अन्तरराष्ट्रिय सुबिधा रहने छ ।
होटल पौवाको नेपालगन्जमा सञ्चालन शाखामा फरक फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठुलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित ९६ वटा डिलक्स रुम उपलब्ध हुनेछन् । नेपालगन्जमा पहिलो होटलका रुपमा ९ तला सहितको एउटै छानामुनी क्यासिनो, स्पा, स्विमिङ, जिम सुविधा रहने छन् । स्थापनाको ९ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ भने छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौं र सौराहामा पौवाको सेवा उपलब्ध छ ।
लुम्बिनी प्रदेशको रुपन्देहीको भैरहवाको चिल्ड्रेन पार्क र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही, कपिलवस्तुको गोरुसिङ्गेमा पौवाले नेपालीपन सहितको सेवा दिइरहेको छ । त्यसैगरि पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा पनि रिसोर्टसहित होटल संचालनमा रहेको छ । त्यसैगरि सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पनि पौवाको सेवा संचालन भइसकेको संचालक विष्णु ज्ञवालीले बताउनुभयो ।

कोशी प्रदेशमा होटल सञ्चालनको अध्ययन तथा मधेश प्रदेशको जनकपुरमा सम्भाब्यतासहित होटल संचालनको प्रारम्भिक तयारी गरिरहेको होटेल पौवाले गण्डकी प्रदेशमा पनि थप होटल संचालनको अध्ययन थालेको छ । यस्तै सिन्धुलीमा नयाँ शाखा स्थापना हुन गैरहेको छ भने अबको केही समयभित्रै पाल्पाको झिगामारामा पौवा बनवास रिसोर्ट समेत संचालन गर्ने तयारी होटेल पौवाको छ ।

≪ Previous Post

शँकरनगर सामुदायिक बनको विशेष साधारण सभा : मेडिकल कलेजलाई ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित

Next Post ≫

आठौं भूपू सैनिक कप नकआउट फूटबलमा सिम्रिकको विजयी शुरुवात

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क