Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ श्रामणेर (अल्पकालीन) भिक्षुहरुको अस्तिधातु सहित भैहवामा धम्मयात्रा
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

श्रामणेर (अल्पकालीन) भिक्षुहरुको अस्तिधातु सहित भैहवामा धम्मयात्रा

संसारपोस्ट संवाददाता · १ चैत्र २०८१ · 0
श्रामणेर (अल्पकालीन) भिक्षुहरुको अस्तिधातु सहित भैहवामा धम्मयात्रा
70
SHARES
ShareTweet

भैरहवा । बुद्धजन्मस्थल लुम्बिनीमा श्रामणेर (अल्पकालीन) भिक्षु भएकाहरुले शनिबार भैरहवामा बुद्धको अस्तिधातु सहितको धम्मयात्रा गरेका छन् ।

लुम्बिनी स्थित मायादेवी मन्दिरमा फागुन २० गते पहेलो चिवर ग्रहण गरी बुद्ध शिक्षाबाट प्रवजित भएका ५ सय जना अल्पकालीन भिक्षुहरुले भैरहवामा धम्मयात्रा गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

धम्मकाय फाउण्डेशन, थाई भिक्षु महासंघ, लुम्बिनी विकास कोष तथा बौद्ध समाज नेपालको आयोजनामा धम्मयात्राको टोलीलाई भैरहवा स्थित लुम्बिनी प्रवेशद्धारमा स्थानीयले स्वागत गरेका थिए ।

भैरहवा रंगशालादेखि बुद्धचौकको लुम्बिनीगेटसम्म पैदल आएका भिक्षु तथा अल्पकालिन भिक्षुहरुलाई लुम्बिनी गेटमा पुष्पअर्पण गरि स्वागत गरिएको थियो ।

सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि भैरहवा हुँदै गृहनगर कपिलबस्तु गएको स्मरण गर्दै बुद्धको उपदेश विश्वभर फैलाउन गत वर्षदेखि भैरहवामा धम्मयात्राको थालनी गरिएको आयोजकले जनाएका छन् ।

धम्मयात्रा कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती डा. सुवर्णलाल बज्रचार्यले भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि सिद्धार्थनगर भैरहवा हुँदै लुम्बिनी, कपिलबस्तु आएको बताउँदै बुद्धधर्मको प्रचार पनि यसैक्षेत्रका मानिसहरुको सहभागिताबाट शुरु भएको बताउनुभयो । उहांले बुद्धका उपदेशहरु मानव कल्याण, शान्ति र सदभावको प्रतिक भएको बताउँदै श्रामणेर भएकाहरुको धम्मयात्राले बुद्धका सन्देशलाई फैलाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बुद्धले राजपरिवारको सुखसयल त्यागेर बुद्धत्व प्राप्त गरेको स्मरण गर्दै धम्मयात्राले त्यही सन्देश दिएको बताउनुभयो । उहांले भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्नो भूमि फर्कदा रुपन्देहीको सिद्धार्थनगर हुँदै फर्केको इतिहासलाई धम्मयात्राले फेरी स्मरण गराएको बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक खाँले बुद्धले बुद्धत्व प्राप्त गरेपछि रुपन्देहीको सिद्धार्थनगर हुँदै गृहनगर कपिलबस्तु फर्केको बताउँदै त्यसलाई सम्झँदै धम्मयात्रा गरिनु आफैमा महत्वपूर्ण रहेको बताउनुभयो । उहांले आगामी दिनमा समेत धम्मयात्रालाई अझ ठूलो संख्यामा गर्नका लागि स्थानीय सरकारको तर्फबाट सहयोग हुने बताउनुभयो ।

यस्तै लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य श्याम रोक्काले धम्मयात्राले लुम्बिनी भगवान बुद्धको जन्मस्थल मात्रै नभई विश्वशान्तिको उदगम थलो भएको सन्देश दिने काम गरेको बताउनुभयो । उहांले लुम्बिनीलाई मन्त्र, ध्यानमा मात्रै सिमित नराखी बुद्धका उपदेश, लुम्बिनीको महत्वलाई विश्व समुदायमाझ पु¥याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

भैरहवामा दोस्रो पटक गरिएको धम्मयात्राले बुद्धका उपदेशहरुलाई फैलाउन र विश्वशान्तिका लागि बुद्धनगरी लुम्बिनीबाट सकारात्मक सन्देश दिन सफल भएको बौद्ध समाज नेपालका अध्यक्ष शंकर गाहाले बताउनुभयो । धम्मयात्रा कार्यक्रमको सञ्चालन लुम्बिनी बौद्ध विश्वविद्यालयका सहप्रध्यापक कमल थापाले गर्नुभएको थियो ।

धम्मयात्रामा धम्कायका सल्लाहकार डा. आदिसक, थाईल्याण्ड तथा नेपालका भिक्षु, भिक्षुणी, लामा, उपासक उपासिकाहरुको सहभागिता रहेको थियो ।

धम्मयात्रामा सहभागी अल्पकालीन भिक्षुहरुले पहेंलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरु पालना गर्नुपर्ने हुन्छ । बुद्धका सामान्य अनुयायीहरुले पञ्चशील र अष्टशीलको पालना गर्ने भएपनि अल्पकालीन भिक्षुले फागुन १६ गतेदेखि कपाल मुन्डन गरी आफूलाई पूर्ण रुपमा बौद्ध नियममा रुपान्तरण गरेका थिए । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्ने हुन्छ ।

≪ Previous Post

एनएसएल तेस्रो संस्करणको ट्रफी प्रदर्शन यात्रा : शनिबार बुटवलमा सार्वजनिक

Next Post ≫

पेट्रोल र डिजेलको मूल्य घट्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क