Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अबैध हातहतियार मुद्दामा सजाय र जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

अबैध हातहतियार मुद्दामा सजाय र जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०८१ · 0
अबैध हातहतियार मुद्दामा सजाय र जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ
100
SHARES
ShareTweet

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अबैध हातहतियार मुद्दामा सजाय र जरिवाना तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत अर्घाखाँचीको मिति २०८० साल मंसिर २५ र उच्च अदालत तुल्सीपुर बुटवल इजलासको २०८१ साल माघ ६ गतेको फैसला बमोजिम अबैध हातहतियार मुद्दामा सजाय र जरिवाना तोकी फरार रहेका अभियुक्तलाई प्रहरीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ बाट पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेश अनुसार कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा प्युठान जिल्ला मल्लरानी गाउँपालिका–२ बस्ने वर्ष ५५ को निमबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निजले जरिवाना रु.२०० पिडित राहतकोषमा दाखिला गर्नुपर्ने र ४ महिना जेल सजाय (कैद) भुक्तान गर्नुपर्नेछ ।
घटना विवरण अनुसार २०७९ साल असोज १० गते अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१ राजिमे भन्ने स्थानमा सोही नगरपालिका वडा नं. १ ओखट्टे बस्ने बर्ष ४० को जितेन्द्र भुसाल र बर्ष ३७ को फर्सुराम खनालले विना इजाजतको अवैध भरुवा बन्दुक थान १ साथमा लिइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीले उनीहरुलाई हतियार सहित पक्राउ गरेको थियो ।
प्रहरीले उक्त घटनाको अनुसन्धान गर्दा भुसाल र खनालले उक्त भरुवा बन्दुक प्युठान मल्लरानी गाउँपालिकाका निमबहादुर घर्तीबाट बाँदर तथा जङ्गली बदेल तर्साउने उद्देश्यले लिई आउंदै गरेको अवस्थामा उनीहरु पक्राउ परेको र निज निमबहादुर घर्ती तत्काल भागी फरार भएका थिए ।

≪ Previous Post

सैनामैना गोल्ड कपको फाइनल आज, उपाधिका लागि कपिलवस्तु ११ र अभिषेक चर्च रजहर भिड्दै

Next Post ≫

पूर्व प्रधानमन्त्री प्रचण्ड रुपन्देहीमा, यस्तो छ दिनभरको कार्यतालिका

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क