Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ मोटरसाईकल चोरी गर्ने ५ जना व्यक्ति पक्राउ
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

मोटरसाईकल चोरी गर्ने ५ जना व्यक्ति पक्राउ

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०८१ · 0
मोटरसाईकल चोरी गर्ने ५ जना व्यक्ति पक्राउ
70
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मोटरसाइकल चोरी गर्ने ५ जनालाई मोटरसाइकल सहित पक्राउ गरेको छ ।
जिल्लाको सियारी गाउँपालिकाका वडा एरिया अन्तर्गत विभिन्न स्थानहरुबाट बिभिन्न समयमा सवारी साधनहरु (मोटर साईकल र स्कुटर) चोरीका घटना बढ्दै गएपछि इलाका प्रहरी कार्यालय छपिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चोरी भएका सवारी साधनहरुसहित चोरी गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले मोटरसाईकल चोरी कार्यमा संलग्न बुटवल उप–महानगरपालिका वडा नं.११ बस्ने वर्ष २८ को मनु थापा, वर्ष २३ को कमल बहादुर गाहा मगर, कोटहीमाई गाउँपालिका वडा नं.३ बस्ने वर्ष २६ को राजेश यादव, वर्ष १९ को धिरेन्द्र यादव र मायादेवी गाउँपालिका वडा नं.३ बस्ने वर्ष १९ को सोनु बनियालाई पक्राउ गरेको हो ।
यस्तै प्रहरीले निजहरुले चोरी गरेका लु २३ प ९०५५ नम्बरको स्कुटर, नम्बर प्लेट नभएको च्यासिस नं. एम ई ४ एस सी ३६६ सी ए ८४०२६०७ र इन्जिन नं. जे सी ३६ सी ९५९५३५७ भएको १२५ सि.सि. कोे होण्डा साईन, लु ५४ प ७६८२ नम्बरको सुपर स्पलेण्डर र लु १३ प ४११२ नं. नम्बरको हिरो होण्डा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
प्रहरीले पक्राउ परेका ब्यक्तिहरुलाई जिल्ला अदालत रुपन्देहीमा पेश गरेकोमा अदातलबाट ७ दिनको म्याद थप भई जिल्ला प्रहरी कार्यालयबाट चोरी कसुर शिर्षकमा थप अनुसन्धान कार्य भइरहेको छ ।

बिभिन्न मुद्धाका ८ जना फरार अभियुक्त पक्राउ

जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसला बमोजिम बिभिन्न मुद्धामा कैद तथा सजाय भई हाल सम्म फरार रहेका ८ जना अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीले साधारण चोरी मुद्धाका बुटवल उप–महानगरपालिका वडा नं. १७ बस्ने दिपेन्द्र भण्डारी, चोरी मुद्धाका तिलोत्तमा नगरपालिका वडा नं. १० बस्ने मन्नु थारु, सुनवल नगरपालिका ७ बस्ने जित बहादुर कुँवर र तिलोत्तमा नगरपालिका वडा नं. १० बस्ने आशिस चौधरीलाई पक्राउ गरेको छ ।
यस्तै कर्तव्य ज्यान मुद्धाका बुटवल उप–महानगरपालिका वडा नं. ४ बस्ने नर बहादुर दमाइ, रामबहादुर बि.क,गित्न तुलाधर र टेक बहादुर बि.क.लाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका अभियुक्तहरुलाई रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः दाङद्वारा बर्दिया पराजित

Next Post ≫

मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता : दोस्रो दिन आज सात खेल सम्पन्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क