भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मोटरसाइकल चोरी गर्ने ५ जनालाई मोटरसाइकल सहित पक्राउ गरेको छ ।
जिल्लाको सियारी गाउँपालिकाका वडा एरिया अन्तर्गत विभिन्न स्थानहरुबाट बिभिन्न समयमा सवारी साधनहरु (मोटर साईकल र स्कुटर) चोरीका घटना बढ्दै गएपछि इलाका प्रहरी कार्यालय छपिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चोरी भएका सवारी साधनहरुसहित चोरी गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले मोटरसाईकल चोरी कार्यमा संलग्न बुटवल उप–महानगरपालिका वडा नं.११ बस्ने वर्ष २८ को मनु थापा, वर्ष २३ को कमल बहादुर गाहा मगर, कोटहीमाई गाउँपालिका वडा नं.३ बस्ने वर्ष २६ को राजेश यादव, वर्ष १९ को धिरेन्द्र यादव र मायादेवी गाउँपालिका वडा नं.३ बस्ने वर्ष १९ को सोनु बनियालाई पक्राउ गरेको हो ।
यस्तै प्रहरीले निजहरुले चोरी गरेका लु २३ प ९०५५ नम्बरको स्कुटर, नम्बर प्लेट नभएको च्यासिस नं. एम ई ४ एस सी ३६६ सी ए ८४०२६०७ र इन्जिन नं. जे सी ३६ सी ९५९५३५७ भएको १२५ सि.सि. कोे होण्डा साईन, लु ५४ प ७६८२ नम्बरको सुपर स्पलेण्डर र लु १३ प ४११२ नं. नम्बरको हिरो होण्डा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
प्रहरीले पक्राउ परेका ब्यक्तिहरुलाई जिल्ला अदालत रुपन्देहीमा पेश गरेकोमा अदातलबाट ७ दिनको म्याद थप भई जिल्ला प्रहरी कार्यालयबाट चोरी कसुर शिर्षकमा थप अनुसन्धान कार्य भइरहेको छ ।
बिभिन्न मुद्धाका ८ जना फरार अभियुक्त पक्राउ
जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसला बमोजिम बिभिन्न मुद्धामा कैद तथा सजाय भई हाल सम्म फरार रहेका ८ जना अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीले साधारण चोरी मुद्धाका बुटवल उप–महानगरपालिका वडा नं. १७ बस्ने दिपेन्द्र भण्डारी, चोरी मुद्धाका तिलोत्तमा नगरपालिका वडा नं. १० बस्ने मन्नु थारु, सुनवल नगरपालिका ७ बस्ने जित बहादुर कुँवर र तिलोत्तमा नगरपालिका वडा नं. १० बस्ने आशिस चौधरीलाई पक्राउ गरेको छ ।
यस्तै कर्तव्य ज्यान मुद्धाका बुटवल उप–महानगरपालिका वडा नं. ४ बस्ने नर बहादुर दमाइ, रामबहादुर बि.क,गित्न तुलाधर र टेक बहादुर बि.क.लाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका अभियुक्तहरुलाई रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको प्रहरीले जनाएको छ ।