Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः दाङद्वारा बर्दिया पराजित
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः दाङद्वारा बर्दिया पराजित

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०८१ · 0
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः दाङद्वारा बर्दिया पराजित
80
SHARES
ShareTweet

भैरहवा । दाङले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा जित निकाले छ । मंगलबार भएको खेलमा दाङले बर्दियालाई ५४ रनले पराजित गर्दै जित निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको दाङले निर्धारित ५० ओभरमा ३२ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय १६ रन बनायो । दाङका लागि करण जीएमले २३ र सुशान्तसिंह थापाले २२ रन बनाए । बलिङमा बर्दियाका सनम बुढा र अनुल कँडेलले ३–३, नितेश न्यौपानेले २ तथा सौगात खत्री र निर्मल गुरुङले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बर्दिया २५ ओभर ५ बलमा ६२ रन बनाउँदा अलआउट भयो । उसका लागि केशब विष्टले १३ र हेमन्त आचार्यले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिमले हार व्यहोर्यो । बलिङमा दाङका बीरबहादुर घर्ती, दिनेश बोहरा र तुलबहादुर थापाले समान ३–३ विकेट लिए । खेलमा दाङका तुलबहादुर थापा प्लेयर अफ द म्याच भए ।
यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल सुरु भएको हो । रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, दाङ, बाँके र बर्दिया गरी ७ जिल्लाका टिम सहभागी छनोट खेलबाट प्रत्येक जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टिम बनाइने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिनुभयो ।

≪ Previous Post

राष्ट्रिय परोपकार महासंघको महायज्ञ सेमलारमा सुरू, परोपकार कुञ्जधाम निर्माण गरिने

Next Post ≫

मोटरसाईकल चोरी गर्ने ५ जना व्यक्ति पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क