Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ वी.पी.कोइराला अध्ययन प्रतिष्ठान बुटवलद्वारा वक्तृत्वकला प्रतियोगिता, मणिमुकुन्दकी सृष्टि कँडेल प्रथम
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

वी.पी.कोइराला अध्ययन प्रतिष्ठान बुटवलद्वारा वक्तृत्वकला प्रतियोगिता, मणिमुकुन्दकी सृष्टि कँडेल प्रथम

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०८१ · 0
वी.पी.कोइराला अध्ययन प्रतिष्ठान बुटवलद्वारा वक्तृत्वकला प्रतियोगिता, मणिमुकुन्दकी सृष्टि कँडेल प्रथम
100
SHARES
ShareTweet

बुटवल । वी.पी. कोइराला अध्ययन प्रतिष्ठान बुटवल–७ रुपन्देहीद्वारा आयोजित नगरस्तरीय वक्तृृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा समाजवाद, वी.पी.र वर्तमान राजनीति, समाजवाद विषयमा शनिवार भएको प्रतियोगितामा मणिमुकुन्द सेकेन्डरी स्कूल बुटवल ११ की सृष्टि कँडेल प्रथम भइन् ।

उनले नगद १२ हजारसहित प्रमाणपत्र प्राप्त गरेको विपि कोइराला अध्ययन प्रतिष्ठानका सचिव खिमानन्द भट्टराईले जानकारी गराउनुभयो । यस्तै ज्ञानपुञ्ज इङलिश बोर्डिङ स्कुलका चिरन भुसाल द्धित्तीय, एभरेष्ट माविकी नेहारिका ज्ञवाली तृतीय, नविन औद्योगिक कदर बहादुर रिता माविका गोेविन्द भण्डारी र इडन इङलिश बोर्डिङ स्कुल कक्षा ६ मा अध्ययनरत छात्रा क्रिष्टा अर्याल सान्त्वना भएका सचिव भट्टराईले बताउनुभयो ।

उनीहरुले क्रमशः ८ हजार, ५ हजार र २ हजार ५०० सहित प्रमाणपत्र प्राप्त गरे । वक्तृृत्वकला प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि सहभागि गराउनु पर्ने बताउनुभयो । मानिस सफल हुनका लागि हरेक कुरामा ज्ञान आवश्यक रहेकाले यस्ता प्रतियोगिताले विद्यार्थीलाई अघि बढ्न सहयोग पुग्ने उहांले बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै वी पी कोइराला अध्ययन प्रतिष्ठानका अध्यक्ष युवराज गिरीले विद्यार्थीहरुको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । अहिलेका विद्यार्थीले नै भविष्यमा देश हाक्ने भएकाले विद्यार्थीहरुलाई सानैदेखि हरेक कुरामा सक्षम बनाउँदै लैजानुपर्ने सबैको दायित्व भएको उहांले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्वर २ का पूर्व सभापति पर्शुराम ढकाल, प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मण आचार्य क्षेत्री र कृष्णप्रसाद ज्ञवालीले प्रतिष्ठानले विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगिताको निर्णायकको रुपमा डा.शालिकराम पौड्याल, डा. प्रेम तिवारी र रीता ढकाल रहनुभएको थियो । उक्त वक्तृृत्वकला प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालयका गरी १६ जनाले सहभागिता जनाएका थिए ।

≪ Previous Post

बिभिन्न मुद्धाका ७ जना फरार अभियुक्त पक्राउ

Next Post ≫

बुटवलले मनायो ६६ औं स्थापना दिवस, बुटवल आर्थिक तथा ब्यापारिक केन्द्र मात्रै नभएर राजनीतिक दृष्टिकोणले महत्त्वपूर्ण शहर : उपप्रधानमन्त्री सिंह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क