Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बिभिन्न मुद्धाका ७ जना फरार अभियुक्त पक्राउ
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बिभिन्न मुद्धाका ७ जना फरार अभियुक्त पक्राउ

संसारपोस्ट संवाददाता · २६ माघ २०८१ · 0
बिभिन्न मुद्धाका ७ जना फरार अभियुक्त पक्राउ
70
SHARES
ShareTweet

भैरहवा । जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसला बमोजिम बिभिन्न मुद्धामा कैद तथा सजाय भई हाल सम्म फरार भएका ७ जना अभियुक्तहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले मिति २०६७ साल मंसिर ५ गतेको अदालतको फैसला बमोजिम कुटपिट लुटपिट मुद्धामा जरिवाना फैसला भई हालसम्म फरार अभियुक्त लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ बस्ने सफि महमद मुसलमान र सोही ठाउं बस्ने इत्याज अहमद मुसलमानलाई पक्राउ गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले मिति २०६३ साल फागुन ३ गतेको फैसला बमोजिम सवारी ज्यान मुद्धामा जरिवाना फैसला भई हालसम्म फरार तिलोत्तमा नगरपालिकावडा नं.१५ बस्ने लाल बहादुर थापा र मिति २०६८ साल कार्तिक १२ गतेको फैसला बमोजिम लागु औषध मुद्धामा १ बर्ष कैद सजाय भई हालसम्म फरार तिलोत्तमा नगरपालिका वडा नं.९ बस्ने प्रकाश राईलाई पक्राउ गरेको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले मिति २०६९ साल माघ १० गतेको फैसला बमोजिम जवरजस्ति करणी मुद्धामा १५ सय जरिवाना फैसला भई हालसम्म फरार सिद्धार्थनगर नगरपालिका वडा नं.१ बस्ने सुनिल पौडेललाई पक्राउ गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले मिति २०६७ साल माघ ६ गतेको फैसला बमोजिम मानब बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्धामा जरिवाना फैसला भई हालसम्म फरार सैनामैना नगरपालिका वडा नं.११ बस्ने बिमला बि.क.लाई पक्राउ गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरी टोलीले मिति २०५७ साल भदौ ८ गतेको फैसला बमोजिम जालसाझी मुद्धामा जरिवाना फैसला भई हालसम्म फरार कोटहीमाई गाउँपालिका वडा नं.२ जगदम्बा प्रसाद मिश्रलाई पक्राउ गरेको छ ।
पक्राउ परेका अभियुक्तहरुलाई रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

≪ Previous Post

माधव सेवा र मानव सेवा गर्न श्रृङ्गेश्वर धाम जाम

Next Post ≫

वी.पी.कोइराला अध्ययन प्रतिष्ठान बुटवलद्वारा वक्तृत्वकला प्रतियोगिता, मणिमुकुन्दकी सृष्टि कँडेल प्रथम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क