Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सहकारी ठगी प्रकरण : रवि लामिछाने न्यायिक हिरासतमा
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सहकारी ठगी प्रकरण : रवि लामिछाने न्यायिक हिरासतमा

संसारपोस्ट संवाददाता · २३ माघ २०८१ · 0
सहकारी ठगी प्रकरण : रवि लामिछाने न्यायिक हिरासतमा
80
SHARES
ShareTweet

चितवन । चितवनको सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।

बुधबार जिल्ला अदालत चितवनमा लामिछानेको मुद्दामा बहस नसकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले हिरासतमा पठाउन आदेश दिएको हो ।

आज थुनछेक बहस नसकिएपछि बिहीबार उपस्थित गराउने गरी अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीसँगै पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो ।

सहारा सहकारीको ३८ करोड ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा लामिछानेसहित ३२ जनाविरूद्ध मंगलबार मुद्दा दायर भएको थियो ।

उक्त सहकारीको बचत अपचलन प्रकरणमा ठगीको मुद्दा दर्ता भएपछि लामिछाने बुधबार नै अदालतमा हाजिर भएका थिए । रविसहित उनका साझेदारविरुद्ध मंगलबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा लगेको थियो ।

अदालतमा हाजिर भएसँगै लामिछानेको मुद्दामा न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सुरु भएको थियो । बुधबार बयान सकिएकाले बिहीबारदेखि थुनछेक बहस अघि बढ्ने छ ।

मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो ।

जसमध्ये १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ । अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ ।

यसैबीच लामिछानेसहित ३२ जनाविरुद्ध चितवन अदालतमा दायर भएको मुद्दामा सरकारी पक्षबाट ७ जनाले बहस गर्ने भएका छन् ।

सरकारी पक्षबाट चितवनका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सह–न्यायाधिवक्ता बुद्धबहादुर थापा र अमृत सुवेदी, सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले वकालतनामा दर्ता गराएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो ।

यस्तै रविको तर्फबाट बहसपैरवी तथा प्रतिरक्षा गर्न एक जना वरिष्ठ अधिवक्तासहित ६ जनाले वकालतनामा दर्ता गराएका छन् । जसमा वरिष्ठ अधिवक्ता सुशिल पन्त, अधिवक्ताहरू डा. नारायणदत्त कँडेल, चूडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोले रहेका छन् ।

बुधबार पौने १२ बजेदेखि सुरु भएको लामिछानेको बयान दिउँसो साढे ३ बजे सकिएको थियो । अब बिहीबारदेखि थुनछेक बहस सुरु हुने सूचना अधिकारी विश्वकर्माले बताउनुभयो ।

≪ Previous Post

रूपन्देही सुपरलिगः तिरुपति सेमिफाइनल प्रवेश

Next Post ≫

बुटवलमा दोस्रो चरणको हाइमास्ट लाइट तथा डिजिटल विज्ञापन बोर्ड जडान कार्य सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क