Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आर्थिक क्षेत्रमा दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण : मन्त्री पन्थी
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

आर्थिक क्षेत्रमा दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण : मन्त्री पन्थी

संसारपोस्ट संवाददाता · ७ माघ २०८१ · 0
आर्थिक क्षेत्रमा दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण : मन्त्री पन्थी
90
SHARES
ShareTweet

बुटवल । नेपाल डेरी एसोसिएसनको २६औं वार्षिक साधारणसभा तथा स्थापना दिवस विशेष कार्यक्रम गरि लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि तथा दुग्ध क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । मुलुकको आर्थिक समृद्धिका लागि दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण रहेको  उहाको भनाइ छ । उपभोक्ताले स्वस्थ तथा गुणस्तरीय दूध खान पाउने अधिकारलाई ख्याल गर्दै गुणस्तरीय दूध उत्पादन गर्न पनि मन्त्री पन्थीले सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कार्यक्रमका सभापति प्रल्हाद दाहालले एसोसिएसनले देशभरका उद्योगीलाई समेटेर दुग्ध क्षेत्रको विकासमा निरन्तर काम गरिरहेको बताउनुभयो । स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग आवश्यक सहकार्य गर्दै एसोसिएसनले विविध गतिविधिहरु गरिरहेको उहाको भनाइ छ । दुग्ध क्षेत्रको व्यावसायिक विकास र निर्यातका सम्भावनाहरुको खोजीका लागि एसोसिएसन निरन्तर सक्रिय रहेको उहाले बताउनुभयो ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दुग्ध क्षेत्रको समग्र विकासका लागि बोर्डले नीति नियम बनाउनेदेखि आवश्यक कामहरु गरिरहेको बताउनुभयो । गुणस्तरीय दूध उपभोक्तालाई दिनुपर्ने उहाको भनाइ छ । निर्यातका लागि सातै प्रदेश र संघमा बजेट बिनियोजन भइसकेको उहाले जानकारी दिनुभयो । आन्तरिक र बाह्य प्रयाप्त बजार रहेको बताउँदै उहाले बजारको पहिचान गरेर डेरी क्षेत्र प्रविधि र यान्त्रीकरणमा जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै पशु सेवा विभागका उपमहानिर्देशक डा. लेखराज दाहालले पशुपालन तथा दुग्ध क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउँदै डेरी प्रडक्टहरुको विविधीकरण गरी निर्यातमा जानुपर्ने सुझाव दिनुभयो । निर्यात बढाउनका लागि सरकारले आवश्यक पहल गरिरहेको उहाको भनाइ छ ।
कार्यक्रममा  बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल,   रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, रुपन्देही व्यापार संघका केदार नेपाल, घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष गणेशप्रसाद अधिकारी, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तेजकुमार पाठक, नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्षहरु सुमित केडिया, मेघराज भण्डारी, एसोसिएसनका सल्लाहकार हिरा केसी, संस्थापक सदस्य लिलाधर पन्थी, डेरी उद्योग संघका बिक्रम रिजाल, सिडिक्यानका हरि काफ्ले, लुम्बिनी विशिष्टिकृत सहकारी संघ लि.का अध्यक्ष ज्ञानु पौडेल, नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनाल, प्रदेश अध्यक्ष एवं कार्यक्रम संयोजक थानेश्वर न्यौपाने लगायतले दुग्ध क्षेत्रको योगदान र सम्भावनाहरुको बारेमा चर्चा गर्दै  २६औं स्थापनाको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा एसोसिएसनका देशभरका २ सय भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको एसोसिएसनका सहसचिव शिव भुसालले जानकारी दिनुभयो । कार्यक्रममा डेरी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विभिन्न उद्योग तथा व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।
एसोसिएसनको साधारणसभाले महासचिव, कोषाध्यक्ष र प्रदेश अध्यक्षहरुको प्रतिवेदन माथि छलफल गरी सर्वसम्मत पारित गरेको छ । एसोसिएसनको साधारणसभाले ‘नेपाल डेरी एसोसिएसन युवा मञ्च’ गठन गर्ने निर्णय गरेको छ । सातै प्रदेशमा कोल्ड स्टोर स्थापना गर्ने र पाउडर प्लान्ट नभएका प्रदेशमा प्लान्ट स्थापनामा पहल गर्ने एसोसिएसनले जनाएको छ ।

≪ Previous Post

चोरी गरेको आरोपमा बुटवलबाट दुई जना पक्राउ

Next Post ≫

तिलोत्तमा मणिग्राम महायज्ञमा दान दाताहरू बढ्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क