Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रूपन्देही सुपरलिग :‘ए’ डिभिजनका खेल सुरु, वेष्टर्नको विजयी सुरुवात
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

रूपन्देही सुपरलिग :‘ए’ डिभिजनका खेल सुरु, वेष्टर्नको विजयी सुरुवात

संसारपोस्ट संवाददाता · ५ माघ २०८१ · 0
रूपन्देही सुपरलिग :‘ए’ डिभिजनका खेल सुरु, वेष्टर्नको विजयी सुरुवात
90
SHARES
ShareTweet

भैरहवा । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेलहरु सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलहरु भएका थिए । नेपाल सुपर लिगका कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेलहरु पछि धकेलिएका थिए । रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबारदेखि सुरु ‘ए’ डिभिजनको पहिलो खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । लुम्बिनी खुकुरी क्लबलाई ४५ रनले पराजित गर्दै वेष्टर्नले विजयी सुरुवात गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ३२ ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको मध्यमस्तरको योगफल बनायो । उसका लागि भुवन पाण्डेले २८, निरकुमार गुप्ता र अभिषेश गौतमले समान २०–२० तथा इशान पाण्डेले १६ र देव खनालले १२ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका शाहब आलम, अजयकुमार चौहान र शंकर रानाले २–२ तथा शेहजाद आलमले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरीले २८ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा ९४ रन बनायो र हार ब्यहोर्यो । उसका लागि शंकर रानाले सर्वाधिक २२ रन बनाउँदा निश्चल चौधरीले १६ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिमले हार व्यहोर्यो । खुकुरीलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नका सुझाव थापाले ७ ओभरमा २६ रन खर्चेर ५ विकेट लिए । यस्तै, इशान पाण्डेले २ तथा सन्देश थापा र अभिशेष गौतमले १–१ विकेट लिए । खेलमा सुझाव थापा प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिनुभयो ।

≪ Previous Post

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्डको उपाधि

Next Post ≫

मानव सेवा आश्रमको आयोजनामा सोमबारदेखि ज्ञान-महायज्ञ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क