Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मानव सेवा आश्रमको आयोजनामा सोमबारदेखि ज्ञान-महायज्ञ
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

मानव सेवा आश्रमको आयोजनामा सोमबारदेखि ज्ञान-महायज्ञ

संसारपोस्ट संवाददाता · ५ माघ २०८१ · 0
मानव सेवा आश्रमको आयोजनामा सोमबारदेखि ज्ञान-महायज्ञ
60
SHARES
ShareTweet

बुटवल । आश्रय विहीनहरुलाई आश्रय दिँदै आएको मानव सेवा आश्रमको भवन निर्माणार्थ रुपन्देहीको तिलोत्तमामा सोमबारदेखि आयोजना गर्न लागिएको ज्ञान-महायज्ञको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । तिलोत्तमा–५ मणिग्राम (प्रदर्शनी हुने स्थान-सब्जी मण्डी नजिकै) माघ १४ गतेसम्म हुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको मानव सेवा आश्रमले जनाएको छ ।

तिलोत्तमा–५ पश्चिम पहुनीमा निर्माणाधिन आश्रमको भवनलाई पूर्णता दिनका लागि आयोजना गरिएको महायज्ञमा ३ करोड बढी आर्थिक संकलन गर्ने लक्ष्य राखिएको मानव सेवा अश्रमका महासचिव शुसीला के.सी.ले जानकारी गराउनुभयो । भवनमा सडक आश्रित मानवको उद्धार गरेर राख्ने मात्र नभई मानव सेवा बुझाउने मानवता अध्ययन केन्द्रको स्थापना गरिने मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । सात दिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामूहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रमहरू रहने अधिकारीले बताउनुभयो । उहांका अनुसार महायज्ञमा बिहान हरेक दिन ५ बजेदेखि ७ बजेसम्म योग समेत सञ्चालन गरिने छ ।

महायज्ञ सफल बनाउन संस्थाका अभिभावक लोकनाथ भुसालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । महायज्ञ सम्पन्न गर्न ३५ लाख बढी खर्च अनुमान गरिएको छ । आयोजक समितिका अनुसार ५०० देखि १ करोडसम्मको योगदान गर्नेलाई सम्मान गरिने छ । १ करोडको योगदान गर्नेको मानवसेवा आश्रमको कम्पाउण्डभित्र निर्माण हुने कुनैपनि ब्लकको नामकरणसहित दाताको अर्धकदको शालिक निर्माण गरिने बताइएको छ । ५१ लाख ५१ हजारसम्म योगदान गर्नेलाई आश्रमको सभाकक्ष निर्माण गरी सोही कक्षमा शिलालेख राखिने छ भने ३१ लाखसम्म योगदान गर्नेको आश्रमको भान्सा र भोजन कक्षको नामाकरण गरी सोही कक्षमा शिलालेख राखिने छ ।

निर्माणाधिन आश्रमको भवनमा हालसम्म ५ करोड बढी खर्च भइसकेको र यसलाई सम्पन्न गर्नका लागि थप २ करोड लागत अनुमान गरिएको संयोजक भुसालले जानकारी दिनुभयो । महायज्ञबाट संकलित रकमबाट अक्षकोष वृद्धि गर्ने लक्ष्य समेत राखिएको छ । हालसम्म आश्रमको केन्द्रीय अक्षयकोषमा ५ करोड रकम जम्मा भएको छ भने रुपन्देहीमा ३५ लाख रुपैयाँ पुगेको छ । ०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म देशभरका १० हजार ६ सय ८९ जना भन्दा बढी सहयोगाक्षेपी सडक मानवको उद्धार गरी व्यवस्थापन गराइसकेको छ । आश्रमले सातवटै प्रदेशमा गरी २० जिल्लामा २४ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।

यसैगरी ४ हजार बढीलाई परिवारसँग पुनःमिलन गराइएको र त्यसमध्ये १ हजार बढी भारतीय नागरिक रहेको अध्यक्ष रामजी ज्ञवालीले जानकारी दिनुभयो । आश्रमले भारतमा समेत शाखा बिस्तार गर्ने योजनामा रहेको उहांले जानकारी दिनुभयो । मानव सेवा आश्रमले ०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी रहेको संस्थाकी लुम्बिनी प्रदेश प्रमुख सरु अधिकारीले जानकारी दिनुभयो । उक्त अवधिसम्म देशभर खुला आकाशमुनी रात बिताउन बाध्य बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरुको मानवोचित व्यवस्थापन गरिने अधिकारीले बताउनुभयो । कार्यक्रमको अवसरमा बोल्दै तिलोत्तमा–६ का वडा अध्यक्ष गणेश पाठकले मानवसेवाको महाअभियान लिएर अगाडि बढेको आश्रमलाई सहयोगका लागि सबैमा आह्वान गर्नुभयो ।

≪ Previous Post

रूपन्देही सुपरलिग :‘ए’ डिभिजनका खेल सुरु, वेष्टर्नको विजयी सुरुवात

Next Post ≫

पाल्पाको बसन्तपुरमा नेपाल भारत सीमा सुरक्षा बैठक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क