Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भारतीय ओभरलोड सवारीका कारण सडक ध्वस्त, नेपाली व्यवसायीको लगानी र पेशा जोखिममा
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारतीय ओभरलोड सवारीका कारण सडक ध्वस्त, नेपाली व्यवसायीको लगानी र पेशा जोखिममा

संसारपोस्ट संवाददाता · २९ पुष २०८१ · 0
भारतीय ओभरलोड सवारीका कारण सडक ध्वस्त, नेपाली व्यवसायीको लगानी र पेशा जोखिममा
120
SHARES
ShareTweet

बुटवल । भारतीय ओभरलोड सवारी साधनले नेपाली सडक पुर्वाधारलाई विगत देखिनै विगार्दै आएको छ । अत्यधिक भारका कारण नेपालमा भारतीय ओभरलोड सवारीबाट दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । यस्तै, भन्सार विन्दुमा पल्टीको व्यवस्था पुर्ण रुपमा कार्यान्वयन नहुँदा नेपाली ट्रक व्यवसायीहरुले विजनेस नपाउने र ट्रक व्यवसायमा निजी क्षेत्रले गरेको करोडौँको लगानी समेत जोखिममा परेको छ ।
यही विषयलाई जानकारी गराउन सोमवार भैरहवामा लुम्बिनी प्रदेशका यातायात व्यवसायीले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी समस्या र समाधानका वारेमा जानकारी गराएको छन् ।
गत शुक्रवार बुटवल नारायणगढ सडकको नवलपरासी(बर्दघाट सुस्ता पूर्ब)को विनय खोलाको पुल भारतीय ओभरलोड गाडीकै कारण भासिन पुगेको थियो । भारतीय हेभी ट्रकका कारण पुल भाँचिएको बताइएको छ । पुस २६ गते दिउसो हेभी जेनेरेटर मेसिन बोकेको एनएल ०१ ए एच ५१७९ नम्बरको भारतीय नम्बर प्लेटको ट्रक पुलबाट पूर्वतर्फ पास हुने क्रममा पुल एक्कासी भाँचिएको थियो ।
यस्तै, दुई वर्ष अघि सोही सडकको रुपन्देहीको खैरेनीमा रहेको पुल पनि ओभरलोडकै कारण भासिन पुगेको थियो । यी दुई पुल केही उदाहरण मात्रै हुन् । नवनिर्मित बुटवल बेलहिया सडकको भैरहवा खण्डमा सडकनै ओभरलोडको कारणले धसिएर विग्रन पुगेको थियो । केही साता अगाडी मात्रै बेलहिया देखि भैरहवाको बुद्धचोक सम्मको सडक पुननिर्माण गरिएको लुम्बिनी ट्रक व्यवसायी संघ भैरहवाका अध्यक्ष विष्णु खरेलले बताउनु भयो ।
ट्रक व्यवसायीहरुले विगत देखिनै भारतीय ओभरलोडका ढुवानी सवारी साधनका बारेमा सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएका छन् । भारतीय ढुवानीका सवारी साधनहरूले नेपालको सडकमा अत्यधिक ओभरलोड बोकेर सवारी साधनको दुरुपयोग गरिरहेका छन् । यो समस्या विशेष गरी सीमानाका क्षेत्र र प्रमुख हाइवेमा देखिदैँ आएको छ । ओभरलोड भएका सवारी साधनहरूले नेपालको सडक पूर्वाधारमा ठूलो दबाब सिर्जना गरेको कारण सडकको गुणस्तर बिग्रिरहेको, दुर्घटनाको दर बढिरहेको ट्रक व्यवासयी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेलले बताउनु भयो ।
सडक डिभिजनले निर्धारण गरेको नेपाली सडकको बनावट र भारवहन क्षमता ४० टन मात्र रहेको छ । यस्तै, ६ चक्के ट्रकले १० टन, १० चक्के ट्रकले १७ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टन सम्ममात्र लोड बोक्न पाउने र यो भारबहन नेपाली सडकले थेग्न सक्ने भार रहेको छ । तर सिमावर्ती नाकाबाट नेपाल भित्रने भारतीय मालवहाक सवारीले ९० टन सम्म बोकेर हिड्ने गरेका छन् ।
यातायात व्यवस्था ऐनमा भन्सार विन्दुमै ओभरलोडका गाडीहरु रोक्नु पर्ने र नेपाली गाडीमा भार खनाएर मात्र लैजानु पर्ने व्यवस्था छ । तर भन्सार प्रशासन र प्रहरी प्रशासनको उदासिनताले कार्यान्वयनमा आउन सकेको छैन । सवारी ओभरलोड हुँदा प्रहरी प्रशासन तथा यातायात ब्यवस्था कार्यालयले जरिवाना गराएर उमुक्ति दिइदै आइएको लुम्बिनी प्रदेश यातायात व्यवसायी समितिका संयोजक यम प्रसाद पाण्डेले बताउनु भयो ।
ब्यवसाियीहरुका अनुसार ओभरलोड सवारी साधनले सडकको सतहलाई चाँडै बिगार्दछ, जसले गर्दा सडकको मर्मत र संरक्षणका लागि नेपाल सरकारको अतिरिक्त लगानी भैरहेको छ ।अत्यधिक ओभरलोडिङको कारण दुर्घटनाको संभावना बढाउने गर्दछ जसले यात्रु र चालकहरूको जीवनमा खतरा पुग्ने गरेको छ । यसरी ओभरलोड गरेर भारतीय सवारी साधनहरू सञ्चालन गर्नाले नेपाली यातायात व्यवसायीलाई गम्भीर असर परेको छ ।
भारतीय मालवाहक सवारी साधनहरुले एकातर्फ ओभरलोड गरेर सडक पूर्वाधार विगारेका छन् भने अर्कोतर्फ नेपाली ट्रक व्यवसायीहरुको पेशा समेत संकटमा परेको छ । भन्सार विन्दुमा पल्टीको व्यवस्था पुर्णरुपमा कार्यान्वयन नहुँदा नेपाली ट्रक व्यवासयीहरुले विजनेस नपाउने र ट्रक व्यवसायमा भएको निजी क्षेत्रको करोडौँको लगानी समेत जोखिममा परेको पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले गुनासो गर्नु भयो ।
नेपाली व्यवसायीहरुले ट्रक ओभरलोडिङ नियन्त्रण गर्न, कडाइका साथ अनुगमन र कारबाहीगर्न, भन्सार विन्दुमै पल्टीको व्यवस्थालाई कार्यान्वयन गर्न माग गरेका छन् ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा बाणगंगा यातायातव् यवसायी समिति कपिलवस्तु, राप्ती अञ्चल संयूक्त ट्रक व्यवसायी संघ दाङ्ग, भेरी ट्रक व्यवसायी संघ नेपालगञ्ज र साना तथा मझौला ढुवानी व्यवसायी समिति बुटवल, रुपन्देहीको एक्यवद्धता रहेको थियो ।

≪ Previous Post

तिलोत्तमा नगर स्तरीय भलिवल प्रतियोगिताको उपाधि शान्तिलाई

Next Post ≫

रुपन्देहीमा सर्वाधिक राशीको बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क