बुटवल । अर्घाखाँची जिल्लामा जन्म भै विभिन्न कारणले रुपन्देहीलाई कर्म थलो बनाएका नेवार समुदायहरु संगठित भै गठन भएको नेवाः समाज अर्घाखाँची रुपन्देही सम्पर्क समाजको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले देबीकुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ ।
विशेष गरि अर्घाखाँची जिल्लामा रहेका नेवार समुदायको कला संस्कृति भेष भुषाको जगेर्ना गर्दै रुपन्देहीमा रहेका अर्घाखाँचीका नेवार समुदायलाई परेको विभिन्न समस्या तथा आपतविपदमा सहयोग गर्ने लक्ष्य सहित समाज अगाडी बढेको नवनिर्वाचित अध्यक्ष देविकुमार श्रेष्ठले बताउनु भयो ।
समाज अर्घाखाँची जिल्लाको पौराणिक तथा धार्मिक संस्कृति गाईजात्रा, रोपाईजात्रा, भैरवनाचलाई बुटवलमा पर्वका रुपमा मनाउदै सोको संरक्षणमा जुटेको छ ।
अधिबेशनवाट समाजको उपाध्यक्षमा दूर्गा प्रसाद, सचिव डिल प्रसाद, सह सचिव फूलमाया, कोषाध्यक्ष राजकुमार र सहकोषाध्यक्षमा बावुराम (लभकुस) चयनहुनु भएको निर्वाचन समितिका संयोजक नवराज श्रेष्ठले बताउनु भयो ।
त्यस्तै सदस्यहरुमा विष्णु प्रसाद, गिरिराज, दीपक कुमार, दामोदर, सरस्वती, मधु कुमार, राजेन्द्र कुमार, गणेश, खड्क बहादुर, सरिता र दूर्गा बहादुर श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै लेखा समितिको संयोजकमा जिवन श्रेष्ठ र सदसयमा मधु कुमार र मेघराज चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ । समाजमा २२१ जना आजिवन सदस्य र ५ सय बढी साधारण सदस्य रहेका छन । समाजले सामाजिक काम संगै अनाथ तथा बृद्ध बृद्धाहरुलाई समेत सहयोग गर्दै आएको छ । समाजले अबका दिनमा साविकका कामलाई निरन्तरता दिदै थप आर्थिक संकलन र संदस्यता विस्तारलाई प्राथमिकता दिने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्तगर्नु भएको छ । समाजले बुटवल ११ मा भैरब मन्दिर पनि निर्माण गरेको छ ।