Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ १० औं साई ग्लोबल कप क्रिकेटको उपाधि बुटवल कालिका क्याम्पसलाई
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

१० औं साई ग्लोबल कप क्रिकेटको उपाधि बुटवल कालिका क्याम्पसलाई

संसारपोस्ट संवाददाता · २७ पुष २०८१ · 0
१० औं साई ग्लोबल कप क्रिकेटको उपाधि बुटवल कालिका क्याम्पसलाई
100
SHARES
ShareTweet

भैरहवा । बुटवल कालिका क्याम्पसले भैरहवामा सम्पन्न १०औं साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्यारामाउण्ट कलेजलाई २२ रनले पराजित गर्दै कालिकाले उपाधि जित्न सफल भएको हो ।
उपाधिसँगै कालिकाले नगद ५५ हजार रुपैयाँ, ट्रफी, मेडर र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको प्यारामाउण्टले २५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
फाइनलमा टस जितेर ब्याटिङ गरेको बुटवल कालिकाले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै १ सय १७ रन बनायो । कालिकाका लागि प्रज्वल थापा र गगन अधिकारीले समान ३२–३२, रन्जित खड्काले १७ र सम्राट भुसालले नटआउट १७ रनको योगदान गरे । बलिङमा प्यारामाउण्टका शिव कुँवर, आशुतोष पाण्डे र सन्देश थापाले समान १–१ विकेट लिए ।
११८ रनको लक्ष्यसहित ब्याटिङ गरेको प्यारामाउण्टको सुरुवात भने खराब रहन पुग्यो । पहिलो २ ओभरमा उसका दुई खेलाडी ऋषभ बेल्बासे र सन्देश पन्थी २–२ रन बनाएर आउट भए । प्यारामाउण्टले १८ ओभर ३ बलमा ९५ रन बनाउँदा अलआउट भयो र उपाधि जित्नबाट चुक्यो । प्यारामाउण्टका लागि सन्देश थापाले सर्बाधिक ३३ रन बनाउँदा तुलबहादुर थापाले १६ रन बनाए । त्यसैगरि अमन बोहराले १० रन बनाए । बलिङमा बुटवल कालिकाका प्रज्वल थापाले ३, विपिन भट्टराई र अभिशेष गौतमले समान २–२ तथा विवश खाती र कमल जैशीले एक–एक विकेट लिए । प्रज्वल थापा म्यान अफ द फाइनल भइ एक हजार रुपैयाँ पाए ।
कालिकाका प्रज्वल उत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याट्सम्यान समेत घोषित भई थप १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । बुटवल कालिकाकै अभिशेष गौतम उत्कृष्ट बलर घोषित भइ ५ हजार रुपैयाँ प्राप्त गरे । रुपन्देही लीलाराम न्यौपाने उच्च मावि अनुशासित टिम घोषित भई सम्मानित भयो ।
विजेता र उपविजेता टिमलाई निवर्तमा सांसद प्रमोदकुमार यादव, सिद्धार्थ नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारी क्षेत्री, प्याब्सन केन्द्रिय उपाध्यक्ष विष्णु पन्थी, साई ग्लोबल कलेजका प्रबन्ध निर्देशक दिनेशमान अमात्य, सिद्धार्थ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्य लगायतले पुरस्कार वितरण गरे । रुपन्देही क्रिकेट संघको आयोजना र भैरहवाको साई ग्लोबल कलेजको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा जिल्लाका ३२ कलेजको सहभागिता रहेको खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।

≪ Previous Post

ज्येष्ठ नागरिक मिलन केन्द्रमा सेवालिनेको आकर्षण बढ्दै, संचालनकालागि आर्थिक संकट निम्तिदै

Next Post ≫

तिलोत्तमा नगर स्तरीय शिक्षक कर्मचारी भलिवल प्रतियोगिता शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क