Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ साई ग्लोबल कपः रूपन्देही क्याम्पस ३ विकेट र काशी नोबल ६१ रनले विजयी
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

साई ग्लोबल कपः रूपन्देही क्याम्पस ३ विकेट र काशी नोबल ६१ रनले विजयी

संसारपोस्ट संवाददाता · २१ पुष २०८१ · 0
साई ग्लोबल कपः रूपन्देही क्याम्पस ३ विकेट र काशी नोबल ६१ रनले विजयी
130
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएका दुई खेलमा रुपन्देही क्याम्पस र काशी नोबल उच्च मावि विजयी भएका छन् । रुपन्देही क्याम्पसले रुपन्देही लीलाराम न्यौपाने उच्च माविलाई ३ विकेट र काशी नोबलले सेन्टजोसेफ कलेजलाई ६१ रनले पराजित गर्दै जित निकाल्न सफल भएका हुन् ।
सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लीलारामले मौसमका कारण १७ ओभरमा झारिएको खेलमा १५ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय १ रन बनायो । जसमा हरिकेष मुराउ र मर्सो खानले समान १२ र विजय कोहार, अबुहम्जा खान तथा अर्जुन करोसले समान १०–१० रन जोडे । बलिङमा रुपन्देही क्याम्पसका जितेन्द्र शाहनी र सत्यमसिंह क्षेत्रले ३–३ तथा सन्तोष यादव र बाबुलाल केवटले १–१ विकेट हात पारे ।
रुपन्देही क्याम्पसले १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय ४ रन बनाउँदै जित किाल्यो । उसको जितमा इमरान खानले ३६, जितेन्द्र शाहनीले १९ र सन्तोष यादवले १७ रनको योगदान गरे । बलिङमा लीलारामका फैजन खानले ३, गुल्शनकुमार कुर्मीले २ तथा हरिकेष मुराउ र रमेश कुर्मीले १–१ विकेट लिए । खेलमा सत्यमसिंह क्षेत्री प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ पाए ।
दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको काशी नोबलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८ रन बनायो । उसका लागि आदित्य शर्माले ३५, सेजाद आलमले २२, अविश अधिकारीले १७ र सुमन पाण्डेले ११ रन बनाए । बलिङमा सेन्टजोसेफका ईश्वर कुमारले २ तथा ओस्म खान, प्रतीक सावत र सन्दीप मौर्यले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको सेन्टजोसेफ ११ ओभर ४ बलमा ४७ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न काशी नोबलका सुप्रित घिमिरेले ३ तथा सेजाद आलम, आदित्य शर्मा र सुमन पाण्डेले समान २–२ विकेट लिए । सन्दीप मौर्य र ओस्म खानले समान १० रन बनाए पनि सेन्टजोसेफका अन्य खेलाडीले दोहोरो अंकमा रान बटुल्न सकेनन् र टिमले हार ब्याहोर्यो । खेलमा आदित्य शर्मा प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टिमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।

≪ Previous Post

बिभिन्न मुद्धाका ५ जना फरार अभियुक्त पक्राउ

Next Post ≫

नेपाल शिक्षक संघको प्रतिनिधि सभा सम्पन्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क