भैरहवा । रुपन्देही प्रहरीले बिभिन्न मुद्धाका ५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसला बमोजिम बिभिन्न मुद्धामा कैद तथा सजाय भई हाल सम्म फरार भएका अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय मर्चवार, इलाका प्रहरी कार्यालय सालझण्डी र इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मिति २०६६ साल पुस १६ गतेको फैसला बमोजिम लुटपिट मुद्धाका मर्चवारी गाउँपालिका वडा नं. ३ बस्ने बैजनाथ मुराव, मिति २०६८ साल पुस १९ गतेको फैसला बमोजिम अंशबण्डा मुद्धाका मर्चवारी गाउँपालिका वडा नं. ३ बस्ने राजेन्द्र यादव, मिति २०४९ साल माघ २१ गतेको फैसला बमोजिम राँगा चोरी मुद्धाका कञ्चन गाउँपालिका वडा नं. २ बस्ने चन्द्र बहादुर पुन मगर पक्राउ परेका छन् ।
यस्तै मिति २०४९ साल माघ २१ गतेको फैसला बमोजिम राँगा चोरी मुद्धाका सैनामैना नगरपालिका वडा नं.१० बस्ने कमल बहादुर पुन र मिति २०७८ साल मंसिर १४ गतेको फैसला बमोजिम जालसाजी मुद्धाका कोटहीमाई गाउँपालिका वडा नं. ६ बस्ने राम अवध कुर्मीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।