Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलको डेल्टा मार्टमा जुत्ता घर पुनः सञ्चालन : जुत्ताका ४० स्टल, १५ देखि ५० प्रतिशतसम्म छुट
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको डेल्टा मार्टमा जुत्ता घर पुनः सञ्चालन : जुत्ताका ४० स्टल, १५ देखि ५० प्रतिशतसम्म छुट

संसारपोस्ट संवाददाता · १० भाद्र २०८१ · 0
बुटवलको डेल्टा मार्टमा जुत्ता घर पुनः सञ्चालन : जुत्ताका ४० स्टल, १५ देखि ५० प्रतिशतसम्म छुट
160
SHARES
ShareTweet

बुटवल । आगलागीबाट क्षति ब्यहोरेको बुटवल मिलनचोक स्थित डेल्टा मार्टस्थित नेपाली जुत्ता घर सोमबारदेखि पुनः संचालनमा आएको छ । असार ६ गते आगलागी भएको डेल्टा मार्ट परिसरमा ४० वटा जुत्ताका स्टलहरु राखि पुनः सेवा सञ्चालनमा गरिएको हो ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर संचालन गरिएको जुत्ता घरको लुम्बिनी प्रदेशका पूर्वमन्त्री विष्णु पन्थीले उद्घाटन गर्नुभयो । जेत्ता घरको उद्घाटन गर्दै पूर्वमन्त्री पन्थीले स्वदेशी उत्पादन भाषणमा नभई काम गरेर प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । देशलाई आर्थिक रुपमा सबल बनाउने गरी युवाहरुबाट नै योजनाहरु अघि सार्नुपर्ने बताउंदै उहांले अब भाषणभन्दा अब काम गरेर देखाउने समय आएको बताउनुभयो ।

जुत्ता घरमा बेस ग्लोबल प्रा.लि., लालिगुरास फुटवेयर ईण्डष्ट्रिज प्रा.लि., शुभकामना फुटवेयर, स्मार्ट शु, एक्सन शु, शिखर शु, पवित्रा शु, रन शु ईण्डष्ट्रिज प्रा.लि. लगायत ८ कम्पनिका ३० ब्रान्डका ३ हजार भन्दा धेरै भेराइटी रहेका छन् । यसैगरी जुत्ता मेला अवधिभर १५ देखि ५० प्रतिशतसम्म छुटको समेत व्यवस्था गरिएको छ ।

जुत्ता मेलाको उद्घाटनका अवसरमा बोल्दै लुगाघरका संचालक प्रकाश भुसालले भदौ ९ गतेदेखि दोस्रो बुटवल जुत्ता चप्पल व्यापार मेला उद्घाटन अघि केही संस्थाहरुबाट लज्जास्पद हर्कत गरिएको दुःखेसो गर्नुभयो । आम उपभोक्तामैत्री सेवा दिन लागेको बेला गलत आरोप लगाईएको भन्दै एमआरपी ट्याग मूल्यमा छुट दिईने गरि आफूहरु लागेको उहांले बताउनुभयो । बजारमा रहेका ब्यवसायीहरुले संस्थाको आडमा उपभोक्ता ठग्ने काम गरेको उहांको आरोप छ । नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३ हजार भन्दा धेरै डिजाईनका जुत्ताहरु उपलब्ध हुने उहांले बताउनुभयो । अध्यक्ष भुसालका अनुसार मेलाको आकर्षणको रुपमा स्थानीय उद्योगबाट उत्पादन गरिएको मोजा पहिलो दुई हजार ग्राहकलाई १ रुपैयाँमा उपलब्ध गराईने छ । मेलामा तीज, दशै जस्ता महान चाडपर्व केन्द्रीत विशेष छुट अफर समेत रहेको छ ।

जुत्ता मेला उद्घाटन अघि आयोजकका तर्फबाट मेलाका सन्दर्भमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा जुत्ता उत्पादक संघका अध्यक्ष रुद्र न्यौपानेले नेपालमा १६ करोड जोडी जुत्ताचप्पल उत्पादन गर्न सक्ने क्षमताका पुर्वाधार रहेको उल्लेख गर्नुभयो । नेपाली बजारको माग भने १० करोड जोर रहेको उहांले बताउनुभयो । करीब ४ करोड जोडी जुत्ताचप्पल बाहिरबाट भित्रने र त्यसमा पनि ढाई करोड जोडी जति ग्रे मार्केट(चोरबाटो)बाट भित्रिने गरेको उहांको दाबी छ । जसका कारण राजश्व छलिका साथै आम उपभोक्ता ठगिने काम भएको छ । उहांले भन्नुभयो–‘आफूहरु आन्तरिक प्रतिस्पर्धा गरेर उत्कृष्ट उत्पादन उपभोक्तासमक्ष लग्ने हैसियतमा छौं ।’ लामोसमयदेखि रोकिएको सेवालाई टेन्ट राखेर नै सेवा दिन लागेको बेला अवरोध आएको प्रति उहांले आक्रोस ब्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा फुटवेयर मेनुफेक्चर एशोसियसन अफ नेपालका केन्द्रिय उपाध्यक्ष सुरज बन्जाडेले नेपालको औद्योगिक उत्पादनमा फुटवेयर क्षेत्रको योगदान उल्लेखनीय रहेको दाबी गर्दै त्यसमा पनि नेपाली फुटवेयर जन्य सामान नेपाली उपभोक्ताहरुको मागको ६५ प्रतिशत योगदान नेपाली उत्पादनवाट भइरहेको बताउनुभयो ।

लुगा घरले जुत्ता चप्पल मेलाको नारासहित बजार सञ्चालनमा ल्याएपनि बुटवलका विभिन्न निजी व्यवसायिक संस्थाहरुले अबरोध तथा तोडफोडमा उत्रिएपछि मेला सब्द हटाएर जुत्ताघरले पुरानै सेवा अफरसहित बजार सञ्चालनमा ल्याएको हो ।

≪ Previous Post

पाल्पामा भोली भगवती जात्रा : प्रदेश सरकारले दियो सार्वजनिक बिदा, राष्ट्रपति पौडेल आउने, बस भाडामा ५० प्रतिसत छुट

Next Post ≫

पाल्पाको ऐतिहाँसिक रथ जात्रा आज : पर्यटन सर्किट बनाउने मुख्यमन्त्रीको संकल्प

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क