Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पाल्पामा भोली भगवती जात्रा : प्रदेश सरकारले दियो सार्वजनिक बिदा, राष्ट्रपति पौडेल आउने, बस भाडामा ५० प्रतिसत छुट
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पाल्पामा भोली भगवती जात्रा : प्रदेश सरकारले दियो सार्वजनिक बिदा, राष्ट्रपति पौडेल आउने, बस भाडामा ५० प्रतिसत छुट

संसारपोस्ट संवाददाता · १० भाद्र २०८१ · 0
पाल्पामा भोली भगवती जात्रा : प्रदेश सरकारले दियो सार्वजनिक बिदा, राष्ट्रपति पौडेल आउने, बस भाडामा ५० प्रतिसत छुट
180
SHARES
ShareTweet

पाल्पा । पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा मंगलबार रणउजिरेश्वरी भगवतीको रथयात्रा निकालिँदै छ ।

२०५ औँ संस्करणको रूपमा रथयात्रा(जात्रा) निकाल्न लागिएको हो । विशेषगरी यो रथयात्रा भगवती जात्राको रूपमा प्रचलित छ ।

भगवतीको रथयात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउँछ । नेपाली सेनाले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा विक्रम सम्वत् १८७७ सालदेखि मनाउन सुरू गरिएको हो । यसैको निरन्तरता स्वरुप यसवर्ष पनि भगवतीजात्रा निकाल्न लागिएको हो ।

विश्व विजयको यात्रामा हिँडेको अंग्रेज सेनासँग नेपाली सेनाले विक्रम सम्वत् १८७१ पुसदेखि १८७२ जेठसम्म पाल्पाको नुवाकोट र बुटवलको जितगढीमा युद्ध लडेर विजयको झण्डा फहराएको थियो । तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा दुई पटकसम्म भएका युद्धमा अंग्रेज फौजलाई पराजित गरेपछि त्यसको खुसीयालीमा विक्रम सम्वत् १८७७ सालदेखि हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रासहित विजय उत्सव मनाउन सुरू गरिएको हो ।

बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिंह थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेअनुसार यो जात्रा मनाउने गरिएको किबदन्ती रहेको छ । भगवतीको भाकल गरी युद्धमा गएका कर्णेल थापाले साम्राज्य विस्तारवादको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको खुशीयालीमा विजयोत्सवसहित भगवती रथयात्रा निकाल्ने चलन चलेको हो । युद्धमा विजयी प्राप्त गरेपछि खुशीयालीमा कर्णेल उजिरसिंह थापाले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए ।
ऐतिहासिक भगवती जात्रा राष्ट्रिय विरतासँग जोडिएको भए पनि यो पालपा जिल्लामा मात्र सिमित बन्न पुगेको छ ।

भगवती जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले मंगलबार पाल्पामा सार्वजनिक विदा दिएको छ । ऐतिहासिक तथा धार्मिक महत्वको भगवती रथयात्राको अवसरमा प्रदेश सरकारले भदौ ११ गते मंगलबार पाल्पा जिल्लामा सार्वजनिक बिदा घोषणा गरेको हो ।

नेपालको राष्ट्रियतासँग सम्बन्धित भगवती रथयात्राको अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल पनि पहिलोपटक मंगलबार पाल्पा आउने कार्यक्रम तय भएको छ । राष्ट्रपति आउने भएपछि यस क्षेत्रको सुरक्षा ब्यवस्था थप कडा वनाईएको छ ।

यसैबीच, यस क्षेत्रका दुई बस समितिले भगवती जात्रामा व्यापारिक केन्द्र बुटवलदेखि तानसेन आउने र जाने बसमा ५० प्रतिशत बसभाडा छुटको घोषणा गरेका छन् ।
पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि. र श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.को बैठकले भगवती जात्राका अवसरमा बसपार्कस्थित काउन्टर र अन्य बुकिङ काउन्टरबाट टिकट काटेमा ५० प्रतिशत भाडा छुट दिने निर्णय गरेका हुन् ।

≪ Previous Post

श्रीकृष्ण जन्माष्टमीमा इस्कोन बुटवलमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम

Next Post ≫

बुटवलको डेल्टा मार्टमा जुत्ता घर पुनः सञ्चालन : जुत्ताका ४० स्टल, १५ देखि ५० प्रतिशतसम्म छुट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क