Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेश सरकारको पूर्वविशिष्टलाई दिने सेवा–सुविधा फिर्ता गर्ने निर्णय
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेश सरकारको पूर्वविशिष्टलाई दिने सेवा–सुविधा फिर्ता गर्ने निर्णय

संसारपोस्ट संवाददाता · ६ भाद्र २०८१ · 0
लुम्बिनी प्रदेश सरकारको पूर्वविशिष्टलाई दिने सेवा–सुविधा फिर्ता गर्ने निर्णय
90
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेश सरकारले पूर्वविशिष्ट व्यक्तिलाई दिने सेवा–सुविधा फिर्ता गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको लुम्बिनी प्रदेशको मन्त्रीपरिषद् बैठकले पूर्वविशिष्ट व्यक्तिहरूलाई दिने सेवा–सुविधा फिर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कृषि तथा भूमि व्यवस्था मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।

यसअघि २०७९ भदौ ३१ गतेको मन्त्रीपरिषद् बैठकले पूर्वविशिष्ट पदाधिकारीका लागि सेवा–सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । यो निर्णयका आधारमा पूर्व मुख्यमन्त्री तथा सभामुखले सेवा सुविधा लिँदै आएका थिए ।

आर्थिक संकट निम्तिएको समयमा मितव्ययिता अपनाउनको लागि पूर्वविशिष्ट व्यक्तिहरूलाई दिँदै आएको सेवा–सुविधा फिर्ता गर्ने निर्णय गरिएको मन्त्री पन्थीले बताउनुभयो ।

पूर्वविशिष्ट व्यक्तिले गाडी, इन्धन, मर्मत, चालक, पीएसओको सुविधा लिँदै आएका थिए । यस्तै प्रदेश सरकारले आफ्ना मन्त्रीहरूलाई आचारसंहिता लागु गर्ने निर्णय गरेको छ । यस्तै बैठकले कर्मचारी संगठन ओएनएम पास गर्ने समेत निर्णय गरेको छ ।

≪ Previous Post

तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम देशभरिबाट द्वित्तीय

Next Post ≫

देशभरको मौसम बदली कोशी : मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क