काठमाडौ । दुई–दुई पटकसम्म सेवा प्रवाह र सामाजिक विकास विधा अन्तर्गत समाबेशिता र सामाजिक क्रियाकलापमा उत्कृष्ट बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिका पुन उत्कृष्ट बनेको छ। बिहिबार संघीय मामिला तथा प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत मुल्यांकन लिजा द्वारा गरिएको मुल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र देशभरिबाट द्वितीय भएको हो । तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाणलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र सचिव भरतमणि सुबेदीले उत्कृष्टताको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको हो ।
संघीय मामिला तथा प्रशासन मन्त्रालयद्वारा सम्मानित हुँदै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख खाणले नगरबासी,जनप्रतिनिधी, कर्मचारी र सबै सहयोगीको योगदानले फेरी उत्कृष्टको उपाधि पाएकोमा खुसि ब्यक्त गर्दै सबैलाई धन्यबाद समेत दिनुभयो । मेयर खांणले नगरपालिकालाई उत्कृष्ट बनाउन सहयोग गर्ने सबै जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही नगरबासीहरुमा धन्यबाद ज्ञापन गर्दै यो सम्मानले समग्र नगरपालिका र नगरबासीहरुलाई थप प्रेरणा मिलेको बताउनुभयो।
उहाँले आफुहरु जननिर्वाचित भएर आइसकेपछि सामाजिक सेवामा अग्रसर भएर लागेको र समाजमा भएका बिकास निर्माण नीति निर्माण र सामजिक दायित्वका सेवा हरु शिक्षा,स्वास्थ्य,रोजगारी तथा विपद ब्यबस्थापनमा नगरपालिकाले गरेको काम उल्लेखनीय रहेको बताउनुभयो ।
नगरपालिका मध्य देशकै प्रथम भने मात्र दशमलव ५० अंकले धादिङ्गको निलकण्ठ नगरपालिका भएको छ भने तेस्रो चितवनको रत्ननगर नगरपालिका भएको छ । त्यस्तै गांउपालिका तर्फ धादिङको बेनिगा वोहोरा गाउंपालिका प्रथम, गुल्मीको रुरु क्षेत्र गाउंपालिका दोस्रो र सिन्धुपाल्चोकको लिलावती गाउंपालिका तेस्रो हुन सफल भएका छन ।
