Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कार्यसम्पादनमा बढी अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालय रुपन्देही उत्कृष्ट
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कार्यसम्पादनमा बढी अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालय रुपन्देही उत्कृष्ट

संसारपोस्ट संवाददाता · २३ श्रावण २०८१ · 0
कार्यसम्पादनमा बढी अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालय रुपन्देही उत्कृष्ट
100
SHARES
ShareTweet

भैरहवा । गृह मन्त्रालयसँगको कार्यसम्पादन सम्झौता अनुसार जिम्मेवारी पुरा गर्दै बढी अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट बनेको छ । गृह मन्त्रालय र देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय बीच कार्यसम्पादन सम्झौता भएको थियो ।

गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारी बीच आर्थिक वर्ष २०८०/०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंक सहित पहिलो स्थान हासिल गरेको हो ।

त्यसैगरी लुम्बिनी प्रदेशकै जिल्ला प्रशासन कार्यालय पाल्पा दोश्रो भएको छ । दोश्रो बनेको पाल्पा जिल्ला प्रशासन कार्यालयले ९७/७५ अंक ल्याएको छ भने तेश्रो बनेको जिल्ला प्रशासन कार्यालय बागलुङले ९७/२५ अंक प्राप्त गरेको छ ।

त्यस्तै चौथो स्थानमा पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले क्रमशः ९७/५ ल्याएको छ भने पाँचौंमा मकवानपुर र पर्वतले ९७/३७ अंक ल्याएका छन् । पहिलो, दोस्रो, तेस्रो र चौथो चौमासिक रूपमा गरिने मूल्याङ्कनमा छैटौंमा गुल्मी जिल्ला प्रशासन कार्यालय आएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले ९७ अंक ल्याएको छ । त्यसैगरी सातौंमा तेह्रथुम, आठौंमा रोल्पा, नवौंमा सोलुखुम्बु र १० औं नम्बरमा डडेलधुराले क्रमशः ९६/८७, ९६/७५, ९६/५६ र ९६/४३ अंक ल्याएका छन् । पहिलो अंक प्राप्त गर्ने रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहेका छन् ।

व्यक्तिहरूले अतिक्रमण गरेका सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता, जिल्ला प्रशासन कार्यालयमा अडियो नोटिस बोर्ड लागू, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण, भारतीय पर्यटकहरूलाई सहजीकरण गर्न सीमा क्षेत्रमा एकीकृत चेकजाँच बिन्दु सञ्चालन तथा साउदी अरबमा मृत्युदण्ड पाएका जनकपुरका रामाशिस यादवको जीवन रक्षाका लागि ब्लड मनी जुटाउनेसम्मका कार्यको नेतृत्व प्रमुख जिल्ला अधिकारी अर्यालले गरेका थिए ।

≪ Previous Post

वर्षाले देशभरको जनजिवन प्रभावित,नदि तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

Next Post ≫

पाल्पा–गुल्मी सडक अन्तर्गत बर्तुङ–रिडी खण्ड एकतर्फी सञ्चालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क