Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रूपन्देहीको तिलोत्तमा स्थित रोयल टाइगर क्यासिनोका कर्मचारी आन्दोलनमा
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रूपन्देहीको तिलोत्तमा स्थित रोयल टाइगर क्यासिनोका कर्मचारी आन्दोलनमा

संसारपोस्ट संवाददाता · २१ श्रावण २०८१ · 0
रूपन्देहीको तिलोत्तमा स्थित रोयल टाइगर क्यासिनोका कर्मचारी आन्दोलनमा
80
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित टाइगर प्यालेस रिसोर्टमा सञ्चालित रोयल टाइगर रिक्रियसन (आरटीआर) क्यासिनोका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । ब्यवस्थापन पक्षले सहमति पालना नगरेको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

पुरानो व्यवस्थापनले हटाएका कर्मचारीहरुले अदालतमा मुद्दा दिई मुद्दा चलिरहेका बेला टाइगर प्यालेस होटेलमा नयाँ लगानीकर्ता भित्रिएपछि नयाँ ब्यवस्थापनले गोल्डेन ह्यान्डसेकको प्याकेज ल्याएको थियो ।

सो प्याकेजअन्तर्गत पहिले निकालिएका कर्मचारीले पुनः काम सुरु गर्न सक्ने र त्यसरी काम सुरु गरेको खण्डमा प्रतिव्यक्ति १ लाख ६५ हजार रुपैयाँ एकमुष्ठ भुक्तानी गर्ने र जागिर पनि दिने कर्मचारीहरुसँग समझदारी भएको आन्दोलनरत कर्मचारीले बताएका छन् ।

पुनः काममा आउन नचाहने कर्मचारीको हकमा २ लाख ७० हजार रुपैयाँ कम्पनीले भुक्तानी गर्ने समझदारी भएको संघर्ष समितिका संयोजक चित्रबहादुर भण्डारीले बताउनुभयो । यो समझदारी भएपछि नयाँ लगानीकर्ताले सर्वोच्च अदालतमा चलिरहेको मुद्दा पनि फिर्ता लिएका थिए ।

उक्त प्याकेज तत्कालीन समयमा होटेल तथा क्यासिनो दुवैमा कार्यरत कर्मचारीलाई लागू हुने व्यवस्था गरिएको कर्मचारीको दाबी छ । त्यसमध्ये होटेलका २१ कर्मचारी र क्यासिनोका ४६ जनाले पुनः काम सुरु गरेका थिए । बाँकी कर्मचारीहरुले गोल्डेन ह्यान्डसेकको रकम लिएको र उनीहरुले पाउनुपर्ने सम्पूर्ण रकम भुक्तानी भइसकेको होटेलका सञ्चालक बुद्धिसागर सुवेदीको भनाइ छ ।

होटेलमा रहेको क्यासिनो रोयल टाइगर रिक्रियसन (आरटीआर) नामक कम्पनीलाई होटेलले यही साउन महिनादेखि लिजमा सञ्चालन गर्न दिएको थियो । नयाँ कम्पनीले क्यासिनो सञ्चालन थालेपछि यसअघि पुनर्बहाली भएका ४६ कर्मचारीको व्यवस्थापनमा केही समस्या आएको होटेलका सञ्चालक सुवेदीले बताउनुभयो ।

संघर्ष समितिका संयोजक भण्डारीले रिसोर्टले क्यासिनो सञ्चालनको जिम्मा नयाँ व्यवसायीलाई दिएर कर्मचारीलाई पुनर्बहाली गर्नुपर्ने अदालत र पुरानो व्यवस्थापन पक्षको सम्झौताबाट जोगिने प्रयास गरेको आरोप लगाउनुभयो ।

कर्मचारी संगठनका अध्यक्ष रोशन गुरुङले रिसोर्ट र क्यासिनो सञ्चालकले अदालतको आदेशलाई बेवास्ता गर्दै दायित्वबाट पन्छिन खोजेको भन्दै माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो ।

टाइगर प्यालेस रिसोर्टमा यसअघि एसएचएल म्यानेजमेन्ट सर्भिसेज केटीएम प्रालिले क्यासिनो सञ्चालन गर्दै आएको थियो । होटेलमा नयाँ व्यवस्थापन आएपछि यही साउन १ गतेदेखि रोयल टाइगर रिक्रियसनले क्यासिनो लिजमा लिएर संचालन गरेको छ ।

निष्कासित श्रमिकहरूसँग २०८० पुस १३ गते गरेको सम्झौता कार्यान्वयनमा समेत रिसोर्टले चासो नदेखाएको आन्दोलनरत कर्मचारीहरुको आरोप छ ।

कोरोनाको बेला निष्कासन गरिएकाहरूमध्ये क्यासिनोमा ४६ जना र होटलतर्फ २१ जनालाई पुनर्बहाली गरिएकोमा अझै क्यासिनोतर्फ १८ जना र होटलतर्फ चार जनालाई पुनर्बहाली नगरिएको संघर्ष समितिका भण्डारीको दाबी छ ।

नयाँ नियुक्ति नहुने श्रमिकहरूको हकमा सम्झौता बमोजिमको भुक्तानी दिएको कम्पनीले जनाएको छ । तर गोविन्दप्रसाद गौतम र केशवराज पन्थी लगायतले सम्झौता बमोजिमको प्रक्रिया अन्तर्गत नियुक्ति भई काम गर्न वा नयाँ नियुक्ति नलिई सम्झौता बमोजिमको रकम भुक्तानी लिने भनी दिएको विकल्प छनोट गर्न कम्पनीमा उपस्थित नभएको टाइगर वान प्रालिका प्रमुख प्रशासकीय अधिकृत दिपक लेखकले श्रम रोजगार कार्यालयलाई जानकारी गराएका थिए ।

≪ Previous Post

भैरहवाका अग्रज पत्रकार चेतन पन्त रहेनन्

Next Post ≫

आज साउन महिनाको तेस्रो सोमबार : देशभरका शिवालय मन्दिरहरुमा भक्तजनको भीड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क