Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ भैरहवाका अग्रज पत्रकार चेतन पन्त रहेनन्
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भैरहवाका अग्रज पत्रकार चेतन पन्त रहेनन्

संसारपोस्ट संवाददाता · २१ श्रावण २०८१ · 0
भैरहवाका अग्रज पत्रकार चेतन पन्त रहेनन्
60
SHARES
ShareTweet

भैरहवा । भैरहवाका अग्रज पत्रकार तथा लुम्बिनीका पर्यटन अभियन्ता चेतन पन्तको निधन भएको छ । बिगत केही बर्षदेखि मुखको क्यान्सरबाट जुधिरहेका पन्तको आइतबार सांझ करिब ९ः०० बजे ६६ वर्षको उमेरमा भैरहवाको दुर्गाकलोली स्थित आफ्नै निवासमा निधन भएको हो ।

भैरहवामा रहेर टेलिभिजन पत्रकारिता गरेका पन्त पछिल्लो समय लुम्बिनीलाई कसरी देश बिदेशमा चिनाउन सकिन्छ भनेर लागि परेका थिए । आफ्नै निजी खर्चमा देश बिदेशमा पुगेर भगवान बुद्धको जन्मस्थल लुम्बिनी र नेपालको प्रचारप्रसार गर्दै आएका पन्तले लुम्बिनी तथा भगवान बुद्ध बारे धेरैवटा डकुमेन्ट्रीहरु समेत बनाएका छन् । फोटाग्राफीमा पनि रुची राख्ने पन्तले बुद्ध जन्मस्थल लुम्बिनीका धेरै ठाउँहरुको फोटोहरु खिचेर बिदेशमा प्रदर्शनी पनि गर्दै आएका थिए ।

बुद्ध जन्मस्थल लुम्बिनीको बरेमा गहन रुपमा अध्ययन गरेका पन्तले बिभिन्न पत्रपत्रिकाहरु मार्फत बुद्ध, लुम्बिनी तथा बुद्धसँग सम्वन्धित आसपासका धार्मिक पर्यटकीय क्षेत्रका सम्भावनाहरु बारे कलम चलाउँदै आएका थिए । विभिन्न देश पुगेर बुद्ध जन्मस्थल लुम्बिनी र नेपाललाई विश्व सामु चिनाउने अभियान चलाएका पन्त आफ्नै खर्चमा लुम्बिनीको प्रवद्र्धन गर्ने एक मात्र अभियन्ता हुन् ।

नेपाल राष्ट्रबैँकको पूर्व कर्मचारी समेत रहिसकेका पन्तका श्रीमती सहित दुई छोराहरु रहेका छन् । पन्तको सोमबार बिहान ९ बजे सिद्धार्थनगर–१२ स्थित स्वर्गद्वारी घाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

≪ Previous Post

लागु औषधसहित रुपन्देहीमा एक जना पक्राउ

Next Post ≫

रूपन्देहीको तिलोत्तमा स्थित रोयल टाइगर क्यासिनोका कर्मचारी आन्दोलनमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क