Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ आज साउन महिनाको पहिलो सोमबार, बोलबम यात्रा सुरु
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज साउन महिनाको पहिलो सोमबार, बोलबम यात्रा सुरु

संसारपोस्ट संवाददाता · ७ श्रावण २०८१ · 0
आज साउन महिनाको पहिलो सोमबार, बोलबम यात्रा सुरु
80
SHARES
ShareTweet

बुटवल । आज साउन महिनाको पहिलो सोमबार । आजै देखि बोलबम यात्रा पनि सुरु भएको छ । निश्चित समूह बनाएर साउन महिनाको प्रत्येक सोमबार नदी, जलासय वा पानीको मुहान नजिक गएर शुद्ध चोखो पानी लिएर शिवालयसम्म पुगेर अर्पण गर्ने र चोखो नितो गर्ने चलनलाई बोलबम भनिन्छ । साउन महिनाको सोमबार हिन्दू धर्माबलम्बी नारीहरूले भगवान् शिवको पूजा आराधना गर्छन् । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकाँक्षा पूरा हुने धार्मिक विश्वास छ ।
बोलबम यात्रा सुरु भएसंगै आज विहानै देखि देशभरका शिव मन्दिरहरुमा पूजाआजा र जलार्पण गर्ने भक्तजनहरुको घुइचो लागेको छ । यस्तै पश्चिम नेपालको पशुपतिनाथ भनेर चिनिने रुपन्देहीको सैनामैना नगरपालिका–१, स्थित पर्रोहा बोलबम धाममा जलार्पण गर्ने भक्तजनको घुइँचो लागेको छ । नेपालको एकमात्र स्वयम उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग मानिने पर्रोहा बोलबम धाममा विशेष गरी सोमबारका दिन पहेँलो बस्त्र धारी दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्छ ।
साउनको पहिलो सोमबारको अवसरमा बोलबम धाम बिकास समितिले आज धार्मिक मोटरसाइकल र्यालीको आयोजना गरेको छ । बोलबम पोशाक (गेरु बस्त्र) मा सजिएर भक्तजनहरु आज दिउँसो ३ बजेपछि मोटर साइकल र्यालीमा सहभागी हुने छन् ।
भक्तजनले रुपन्देहीको रामघाट, कपिलवस्तुको लक्ष्मणघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी, मुस्ताङको मुक्तिनाथ, प्यूठानको स्वर्गद्धारी, काठमाडौंको सुन्दरीजल, पशुपतिनाथ लगायतका स्थानहरुबाट गंगाजल ल्याइ यहाँ ल्याएर अर्पण गर्दछन् ।
गुरुपूणिर्मा देखि जनैपूणिर्मा सम्म एक महिना सञ्चालन हुने यहाँको बोलबम मेलामा भगवान् शिवलाई जलार्पण गर्न नेपालका विभिन्न जिल्ला र भारतको उत्तर प्रदेश, बिहारका विभिन्न जिल्ला सहित हरिद्वार र हरियाणाबाट समेत भक्तजनहरु जलार्पणका लागि आउने गर्दछन् ।
बोलबम यात्राका क्रममा दर्शनार्थीहरुले चर्को घाम र वर्षाको समेत प्रवाह नगरी जलार्पणका लागि आउने गर्दछन् । पैदल मात्र नभइ सुतेर शरीर नापेर यात्रा गर्ने, श्रवणकुमार झैँ बाबुआमा बोकेर तीर्थस्थलदेखि बोलबम धामसम्म यात्रा गर्नेहरु पनि यहाँ भेटिन्छन् ।
करिब डेढ सय वर्षअघि सौनामैनाको पर्रोहाका स्वर्गीय चन्द्रभान चौधरीका जिजु हजुरबुबाले जङ्गल र झाडीभित्र शिवलिङ्ग फेला पारेको जनश्रुति रहेको छ ।
चौधरीले शिवलिङ्गलाई आफ्नो घरमा लगेर स्थापना गर्ने प्रयास गरेका र खन्दाखन्दै त्यसको फेद फेला पार्न नसकेको भनाइ छ । त्यसै समयमा चौधरीले सपनामा शिवलिङ्गले कोही कसैले मलाई कहीँ लान पाउँदैन भनेको सुनेपछि सोही ठाउँमा मन्दिर निर्माण प्रयास गरेका थिए । मन्दिर निर्माण पूरा नहुँदै उनको मृत्यु भएको थियो । त्यसपछि त्यहाँ पूजाआजा शुरु भएको थियो ।
२०४५ सालको फागुनमा पर्रोहा बोलबम धाममा शिव पञ्चायन मन्दिर बनाउन जग बसालिएको, २०४८ सालमा मन्दिर स्थापना भएको र ०४९ सालबाट बोलबमधाममा जलार्पण गर्न शुरु भएको स्थानीयहरु बताउँछन् ।
बुटवलबाट १४ किलोमिटर पश्चिम पूर्व–पश्चिम राजमार्गको रानिबगियाबाट दुई किलोमिटर दक्षिणमा अवस्थित पौराणिक कालको ज्योतिर्लिङ्ग रहेको पर्रोहा परमेश्वरधाम ३२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।
धाममा मूल मन्दिर, १०८ शिव लिङ्ग, अर्धचन्द्र आकारको धाम सरोवर, धाम सरोवरमा साढे ५ फुट अग्लो शिवजीको मूर्ति छ । धाममा गणेश, हनुमान, सन्तोषी माता, पार्वती, लक्ष्मी नारायण, राधकृष्ण मन्दिर पनि छन् ।

≪ Previous Post

पत्रकारिता क्षेत्रको व्यवसायिक सुरक्षा र जवाफदेहिता बिषयमा छलफल

Next Post ≫

लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेका चेतनारायण आचार्य बन्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क