Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ वी.पी कोईराला र पुष्पलाल श्रेष्ठको स्मृतिमा बुटवलमा बिचार मन्थन
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वी.पी कोईराला र पुष्पलाल श्रेष्ठको स्मृतिमा बुटवलमा बिचार मन्थन

संसारपोस्ट संवाददाता · ६ श्रावण २०८१ · 0
वी.पी कोईराला र पुष्पलाल श्रेष्ठको स्मृतिमा बुटवलमा बिचार मन्थन
90
SHARES
ShareTweet

बुटवल । बुटवलमा जननायक वी.पी कोईराला र पुष्पलाल श्रेष्ठलाई कसरी सम्झन चाहानुहुन्छ भन्ने विषयमा बिचार मन्थन गरिएको छ । वी.पी कोईराला अध्ययन प्रतिष्ठान बुटवलले ४३ औं वीपी स्मृति दिवस र प्रतिष्ठानको १७ औ स्थापना दिवसको अवसरमा दुई नेताको सम्झनामा बिचार मन्थनको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले वीपीले राजनीतिक र पुष्पलालले आर्थिक सुधारलाई पहिलो प्राथमिकता दिएको र यो विषय अहिले पनि सान्दर्भिक रहेको बताए । नेपालको विकासको लागि राजनीति सुधारसँगै आर्थिक सुधार अहिलेको आवश्यकता रहेकाले दुई नेता नै दूरदर्शी रहेको उनीहरुले बताएका छन ।

बुटवल बहुमुखी क्याम्पसका प्रध्यापकद्धय डा. तिलक भुसाल र लक्ष्मण कार्कीले वीपी र पुष्पलालले नेपाली राजनीतिदेखि साहित्य क्षेत्रमा पुराएको योगदानको विषयमा चर्चा गर्नुभयो । जननायक वीपी कोईरालाले १०४ वर्षको जहानीया राणा शासनको अन्त्यको लागि गरेको नेतृत्वदेखि नेपाली साहित्य क्षेत्रमा गरेको योगदानसँगै कम्युनिष्ट नेता पुष्पलालले विदेशी हस्तक्षेपमा लिएको कठोर पनको चर्चा गर्नुभयो । दुवै नेता विदेशी हस्तक्षेपको बिरोधमा कठोर देखिएको प्रध्यापकहरुले बताए । वीपीले परिकल्पना गरेको समाजबादको बाटो अहिले पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको उनिहरुले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वीपीले २०३० सालमा परिकल्पना गरेको समाजबादको बिचार अहिलेको जनजीवनसँग मेल खाने भएकाले वीपी दुरदर्शी नेता रहेको बताउनु भयो । कम्युनिष्ट नेता पुष्पलाल त्यागी र संघर्षशिल नेता भएको चर्चा गर्दै उहाँले दुबै नेताको सम्मानमा बुटवल उपमहानगरपालिकाले सालिकसँगै पार्क निर्माणमा लागेको बताउनु भयो ।

वी.पी कोईराला अध्ययन प्रतिष्ठान बुटवलका अध्यक्ष युवराज गिरीले देशको लोकतान्त्रिकीकरण र आधुनिकीकरणमा दुवै नेताको अहम भूमिका रहेको बताउँदै दुबै नेताको सम्झनामा बिचार मन्थन गरिएको बताउनु भयो ।

वी.पी कोईराला अध्ययन प्रतिष्ठान बुटवलका उपाध्य लक्ष्मण आचार्य क्षेत्रीको स्वागत तथा सचिब खिमानन्द भट्टराईको सञ्चालनमा कार्यक्रम भएको हो । वी.पी कोईरालाको जन्म १९७२ भदौ २४ गते भएको थियो भने २०३९ साउन ६ गते मृत्यु भएको थियो । यस्तै पुष्पलाल श्रेष्ठको जन्म १९८१ असार १५ गते भएको थियो भने २०३५ साउन ७ गते मृत्यु भएको थियो ।

 

≪ Previous Post

कलाकार दुर्गा नेपालको मौलिक तीज गीत खोली तिरैमा सार्वजनिक

Next Post ≫

अजुई हाङ्ग राईले चुमे पहिलो शेफ नेपालको उपाधी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क